Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

2026 May 21 6:33 PM 175

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
संक्षेपमा
  • १. कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, कृषि र रोजगारी प्राथमिकतामा
  • २. प्रदेश प्रमुख खापुङले आज कोशी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
  • ३. कोशीमा नीति तथा कार्यक्रम आज आउँदै, पहाडी बसाइँसराइ नियन्त्रण सरकारको प्राथमिकता

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्दैछ। बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेशसभाको नवौँ अधिवेशन बुधबारदेखि सुरु भएको हो। अधिवेशनको पहिलो दिन बसेको बैठकमा प्रदेशको वर्तमान अवस्था, सरकारको आगामी योजना र बजेट प्राथमिकताबारे विभिन्न दलका नेताहरूले धारणा राखेका थिए।

यसपटकको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने तयारी गरिएको छ। हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ।

नीति तथा कार्यक्रममा जनमुखी योजनाहरूलाई समेत प्राथमिकता दिइएको बताइएको छ। विशेषगरी लागूऔषध प्रयोगकर्ताका लागि प्रदेशका दुई स्थानमा सरकारी स्तरबाट सुधार केन्द्र स्थापना गर्ने तयारी रहेको जनाइएको छ। यसका लागि कोभिड–१९ का समयमा निर्माण गरिएका क्वारेन्टाइन स्थललाई उपयोग गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी, पहाडी क्षेत्रबाट बढ्दो बसाइँसराइ रोक्ने विषय पनि सरकारको प्राथमिकतामा परेको छ। पहाड केन्द्रित पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन, औद्योगिकीकरण र रोजगारीका कार्यक्रममार्फत स्थानीयलाई आफ्नै थातथलोमा टिकाउने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि प्रदेशसभामा त्यसबारे छलफल हुनेछ। सोही नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने तयारी गरेको छ। प्रदेशसभा सचिवालयले बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न