Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदै

2026 May 21 4:36 PM 130

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदै

विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुने भएको छ। बुधबार अपराह्न ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो दलीय धारणा राख्नेछन्। साथै सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले ‘प्रदेश खेलकुद अध्यादेश (पहिलो संशोधन) २०८३’ प्रदेश सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव सुदर्शन खड्काले जानकारी दिए।

हाल प्रदेश सभाको बैठक विराटनगरस्थित विरेन्द्र सभागृह भाडामा लिएर सञ्चालन हुँदै आएको छ। कटहरीमा निर्माणाधीन प्रदेश सभा भवनको सभा हल तयार नभइसकेकाले अस्थायी रूपमा सभागृहबाट बैठक सञ्चालन गरिएको हो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?