Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गर्‍यो

2026 May 19 3:11 PM 82

विज्ञापन

Birat Cancer Hospital
एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गर्‍यो
संक्षेपमा
  • १. एमालेले विद्या भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गर्‍यो
  • २. एमाले सचिवालयबाट भण्डारीको सदस्यता स्वीकृत, ओली–भण्डारी सम्बन्ध सुधारको संकेत
  • ३. पूर्वराष्ट्रपति भण्डारी फेरि एमाले सदस्य बन्ने, सचिवालय बैठकले गर्‍यो निर्णय

विराटनगर । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई पुनः सदस्यता दिने निर्णय गरेको हो।

एमाले सचिव पद्मा अर्यालका अनुसार बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। यसअघि पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रपति भइसकेको व्यक्तिले सक्रिय दलगत राजनीतिमा फर्किन नहुने तर्कसहित उनको सदस्यता नवीकरण खारेज गरेको थियो।

भण्डारीले भने यसअघि नै पार्टी सदस्यता नवीकरण गरिसकेको र नियमित लेबीसमेत बुझाउँदै आएको बताइएको थियो। तर, पूर्वराष्ट्रपति पदको मर्यादा र दलगत राजनीतिबाट अलग रहने मान्यतालाई आधार बनाउँदै एमाले नेतृत्वले उनको सदस्यता विवादमा पारेको थियो।

पछिल्लो समय एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वसम्बन्धी बहस चुलिँदै गएको अवस्थामा भण्डारीलाई पुनः सदस्यता दिने निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। केही नेताहरूले यसलाई अध्यक्ष ओली र भण्डारीबीचको सम्बन्ध सुधारको संकेतका रूपमा व्याख्या गरेका छन्।

यसअघि एमालेले बल्खुमा आयोजना गरेको मदन–आश्रित स्मृति कार्यक्रममा भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। अध्यक्ष ओली स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित नभएपछि भण्डारीलाई प्रमुख अतिथि बनाइएको बताइएको थियो।

एमालेका केही नेताहरूले भण्डारीलाई पुनः पार्टी गतिविधिमा जोड्ने निर्णयलाई ‘कोर्स करेक्सन’ का रूपमा लिएका छन्। उनीहरूका अनुसार पार्टीको पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति भइसकेकी नेतालाई पूर्ण रूपमा अलग राख्नु उचित नभएको भन्दै एमालेभित्रै असन्तुष्टि थियो।

यद्यपि, पार्टीभित्रका केही नेताहरूले भने ओलीले पछिल्लो राजनीतिक दबाबका बीच भण्डारीसँग सम्बन्ध सुधारको प्रयास गरेको टिप्पणी गरेका छन्। एमालेमा नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन र आगामी राजनीतिक दिशाबारे बहस चलिरहेका बेला यो निर्णय आएको हो।

भण्डारीले पछिल्ला सार्वजनिक अभिव्यक्तिमा एमालेले वैचारिक पुनर्जागरण, आत्मअनुशासन, जनमुखी कार्यशैली र जनविश्वास सुदृढीकरणमा जोड दिनुपर्ने बताउँदै आएकी छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?