Live
| शुक्रबार, असोज १५, २०८३
EN
arya newro
BiraKhabar
बिचार, ब्रेकिङ्ग न्यूज

मन्त्रालयको संख्या घटाउने निर्णय सकारात्मक, तर नाम र संरचनामा स्थायित्व आवश्यक

अ अबिजाल बिष्ट · 2026 May 18 2:25 PM 400

विज्ञापन

Birat Cancer Hospital
मन्त्रालयको संख्या घटाउने निर्णय सकारात्मक, तर नाम र संरचनामा स्थायित्व आवश्यक

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले संघीय सरकारका मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि प्रशासनिक पुनर्संरचना र संस्थागत स्थायित्वको विषय फेरि बहसमा आएको छ।

प्रशासनिक खर्च घटाउने, कामकाजलाई चुस्त बनाउने र सुशासनलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको बताइएको छ। प्रशासनिक पुनर्संरचना आयोगका सुझाव तथा सत्तारुढ दलको चुनावी प्रतिबद्धतालाई आधार मानेर मन्त्रालयको संख्या र कार्यक्षेत्रमा फेरबदल गरिएको हो।

तर, सरकार परिवर्तनसँगै मन्त्रालयको संख्या, नाम र कार्यक्षेत्र बारम्बार परिवर्तन हुने प्रवृत्तिले संस्थागत अस्थिरता बढाउने चिन्ता पनि व्यक्त गरिएको छ। राज्यका महत्वपूर्ण निकायहरूको नाम र संरचना हचुवा निर्णयबाट नभई दीर्घकालीन सोचका आधारमा तय हुनुपर्ने विज्ञहरूको भनाइ छ।

मन्त्रालयको नाम केवल औपचारिक परिचय मात्र नभई त्यसको काम, पहिचान, इतिहास र निरन्तरतासँग जोडिएको हुन्छ। त्यसैले नाम छोटो, स्पष्ट, उच्चारण गर्न सजिलो र संस्थाको कार्यक्षेत्रलाई समेट्ने किसिमको हुनुपर्नेमा जोड दिइएको छ।

संघीय सरकारका मन्त्रालय निर्धारण गर्दा संख्यामा मात्र जोड दिनुभन्दा कार्यमुखी, समन्वयकारी र दीगो संस्थागत संरचना निर्माणमा ध्यान दिनुपर्ने सुझाव अघि सारिएको छ। संविधानले दिएको अधिकार, मुलुकको आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यास र प्रशासनिक प्रभावकारितालाई आधार बनाएर मन्त्रालयको संरचना तय गर्नुपर्ने देखिन्छ।

प्रस्तावित संरचनाअनुसार प्रधानमन्त्रीको कार्यालयसहित अर्थ, गृह, परराष्ट्र, रक्षा, पर्यटन तथा खेलकुद, यातायात, सूचना तथा सञ्चार, कानून तथा न्याय, पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा तथा संस्कृति, स्वास्थ्य, कृषि, विज्ञान प्रविधि तथा नवप्रवर्तन, मानव संसाधन तथा रोजगार, उद्योग व्यापार तथा लगानी र ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालय गरी १८ मन्त्रालयलाई संस्थागत गर्न सकिने धारणा अघि सारिएको छ।

यस्तै, संघीय संरचनासँग मेल खाने गरी केही उच्च पदनाममा पनि एकरूपता ल्याउनुपर्ने सुझाव दिइएको छ। मुख्य सचिवलाई ‘प्रधान सचिव’, महान्यायाधिवक्तालाई ‘प्रधान न्यायाधिवक्ता’ र सुरक्षा निकायका प्रमुख पदनामलाई पनि थप स्पष्ट र संरचनागत रूपमा मिल्दो बनाउने प्रस्ताव गरिएको छ।

विज्ञहरूका अनुसार मन्त्रालय घटाउनु मात्र प्रशासनिक सुधार होइन। नाम, काम, अधिकार, जिम्मेवारी र संस्थागत निरन्तरताबीच सन्तुलन कायम गर्न सके मात्र प्रशासनिक पुनर्संरचना प्रभावकारी बन्न सक्छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल