Live
| शुक्रबार, असार १८, २०८३
EN
arya newro
BiraKhabar
ट्रेन्डिङ समाचार, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, स्वास्थ्य

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

2026 May 17 5:20 PM 176

विज्ञापन

Birat Cancer Hospital
बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्ट विभागको छुट्टै अत्याधुनिक वार्ड औपचारिक रूपमा सञ्चालनमा आएको छ।

अस्पतालले बिहीबार पाँचौं तल्लामा विशेष कार्यक्रम आयोजना गर्दै ७० बेडको नयाँ वार्ड औपचारिक रूपमा शुभारम्भ गरेको हो । मूत्र प्रणाली, पुरुष प्रजनन स्वास्थ्य तथा मिर्गौला सम्बन्धी बिरामीहरूलाई सहज, छिटो र एकीकृत सेवा दिने उद्देश्यले निर्माण गरिएको यस वार्डमा  अत्याधुनिक  ७० वटा बेडको व्यवस्था गरिएको छ। आधुनिक शल्यक्रिया कक्ष, एडभान्स डायग्नोस्टिक उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालित यो वार्डले पूर्वी नेपालका बिरामीहरूलाई काठमाडौं नगई स्थानीय स्तरमै विश्वस्तरीय उपचार सेवा उपलब्ध गराउने अस्पतालको विश्वास रहेको छ। बिराट मेडिकल कलेज टिचिङ अस्पतालका संस्थापक अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमान सिंह कार्की, वरिष्ठ युरो सर्जन प्रो.डा. चन्द्र शेखर (सि.एस.) अग्रवाल, प्रो.डा. दिपक कुमार ठाकुर र डा. इमरान अन्सारीले संयुक्त रूपमा वार्डको उद्घाटन गरेका थिए । कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुख, नर्स तथा कर्मचारीहरू उपस्थिति रहेको थियो । यसअघि यूरोलोजी र सर्जरीका बिरामीहरूलाई एउटै वार्डमा राखिने गरिन्थ्यो, जसका कारण बिरामी व्यवस्थापन र विशेषज्ञ सेवामा केही असहजता हुने गरेको थियो। अब यूरोलोजी, एन्ड्रोलोजी र रेनल ट्रान्सप्लान्टका तीनवटै सेवा एकै छाना मुनि उपलब्ध हुने भएकाले विभागहरूबीच समन्वय थप सहज हुनेछ र बिरामीले झन्झटरहित एकीकृत उपचार पाउने वरिष्ठ युरो सर्जन प्रो.डा. दिपक ठाकुरले बताए। अस्पतालमा हाल दूरबिन र लेजर प्रविधिमार्फत शल्यक्रिया हुँदै आएको छ। आगामी दिनमा मिर्गौला प्रत्यारोपण र रोबोटिक सर्जरी सेवा पनि सुरु गर्ने लक्ष्य रहेको प्रो.डा. ठाकुरले जानकारी दिए । यी सेवाहरू थपिएसँगै पूर्वी नेपालमा स्वास्थ्य सेवाको पहुँच अझ विस्तार हुने र बिरामीहरूले उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?