Live
| शनिबार, असोज ३०, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

बीआईएस लाइसेन्समा ढिलाइले नेपाली निर्यात प्रभावित, कूटनीतिक पहल गर्न मोरङ उद्योग व्यापार संघको माग

2026 May 15 2:15 PM 355

विज्ञापन

Birat Cancer Hospital
बीआईएस लाइसेन्समा ढिलाइले नेपाली निर्यात प्रभावित, कूटनीतिक पहल गर्न मोरङ उद्योग व्यापार संघको माग

विराटनगर । नेपाली उत्पादन भारत निर्यातका लागि आवश्यक पर्ने ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बीआईएस) लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्स जारी प्रक्रियामा भारतीय पक्षबाट ढिलाइ हुँदा नेपाली उद्योगहरूको निर्यात प्रभावित भएको भन्दै मोरङ उद्योग व्यापार संघले ध्यानाकर्षण गराएको छ।

संघले बीआईएस लाइसेन्ससम्बन्धी प्रक्रियामा देखिएको ढिलासुस्तीले नेपालबाट भारततर्फ हुने निर्यातमा अवरोध सिर्जना भएको जनाएको छ। समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने संघको माग छ।

संघका अनुसार नेपाली निर्यातकर्ताहरूको बीआईएस लाइसेन्स नवीकरण नहुनु र नयाँ लाइसेन्स जारी प्रक्रियामा ढिलाइ हुनुका कारण भारतीय बजारमा नेपाली उत्पादनको प्रवेश रोकिएको छ। विशेषगरी Foreign Manufacturer Certification Scheme अन्तर्गत आवेदन, निरीक्षण, परीक्षण र स्वीकृतिका प्रक्रियामा स्पष्ट समयसीमा नहुँदा द्विपक्षीय व्यापारमा असर परेको संघले जनाएको छ।

यस विषयमा संघले उद्योग विभागका महानिर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघलाई समेत पत्राचार गरेको छ। पत्रमार्फत भारतीय पक्षबाट सिर्जित गैर–भन्सार अवरोधका कारण नेपाली निर्यातमुखी उद्योग तथा व्यवसाय प्रत्यक्ष आर्थिक क्षतिमा परेको जानकारी गराइएको छ।

संघले सरकारले समयमै कूटनीतिक पहल नगरे नेपाली उद्योगहरू थप संकटमा पर्न सक्ने चेतावनी दिएको छ। भारतसँगको व्यापार घाटा कम गर्न निर्यात सहजीकरण महत्वपूर्ण हुने भन्दै संघले यस्ता प्राविधिक अवरोधलाई प्राथमिकताका साथ समाधान गर्नुपर्नेमा जोड दिएको छ।

संघले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन भारतसँग उच्च तथा नीतिगत तहमा स्थायी संयन्त्र बनाउनुपर्ने सुझाव पनि दिएको छ। संघका अध्यक्ष अनुपम राठीद्वारा जारी विज्ञप्तिमा नेपाली उद्योगी व्यवसायीको हित संरक्षणका लागि सरकार गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला