Live
| आइतबार, जेठ ३१, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

प्रतिनिधिसभा बैठकमा ६ कार्यसूची, नीति तथा कार्यक्रममाथि छलफल हुने

2026 May 14 7:39 PM 56

विज्ञापन

Birat Cancer Hospital
प्रतिनिधिसभा बैठकमा ६ कार्यसूची, नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।

बैठकको पहिलो कार्यसूचीमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने विषय राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर, उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा हालसम्म छलफल अघि बढ्न सकेको छैन।

बुधबारको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो। तर, विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी प्रभावित भएको थियो।

दोस्रो कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। यद्यपि, प्रधानमन्त्री शाह बैठकमा उपस्थित हुने विषय निश्चित नभएको संसद् सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्रीले आफ्नो तर्फबाट अन्य मन्त्रीमार्फत पनि जवाफ दिन सक्ने व्यवस्था छ।

यसअघि बुधबारको बैठकमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेका थिए। सोही कारण बैठक अघि बढ्न सकेको थिएन।

तेस्रो कार्यसूचीमा नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ। त्यसपछि सभामुखले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने चौथो कार्यसूची तय गरिएको छ।

पाँचौँ कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता, कर प्रस्ताव बाहेक, माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यस्तै, छैटौँ कार्यसूचीमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

चैते धानमा सरकारको समर्थन मूल्य प्रभावहीन, किसानले पाएनन् उचित मूल्य

चैते धानमा सरकारको समर्थन मूल्य प्रभावहीन, किसानले पाएनन् उचित मूल्य

मोरङको सीमावर्ती क्षेत्रबाट गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद

मोरङको सीमावर्ती क्षेत्रबाट गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची