Live
| बुधबार, जेठ ६, २०८३
EN
arya newro
BiraKhabar
फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

2026 Apr 19 7:26 PM 78

विज्ञापन

Birat Cancer Hospital
साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

विराटनगर । नेपाली साहित्य र सिर्जनशील क्षेत्रका दुई सक्रिय व्यक्तित्वलाई विराटनगरमा सम्मानित गरिएको छ । बबरसिंह–देवकुमारी थापा सेवागुठीले आयोजना गरेको कार्यक्रममा वरिष्ठक विज्ञान उदास र लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठलाई नगदसहित सम्मान प्रदान गरिएको हो।

शनिबार आयोजित विशेष समारोहमा ‘देवकुमारी थापा स्मृति सम्मान–२०८२’ बाट सम्मानित कवि उदासलाई नगद ५० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । करिब ६ दशकदेखि कविता, गीत, मुक्तक र बालसाहित्य मार्फत निरन्तर साहित्य साधनामा समर्पित उदास नेपाली साहित्यका स्थापित स्रष्टा मानिन्छन्।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, गुठीका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने लगायतले उदासको योगदान नेपाली साहित्यको दीर्घकालीन सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने बताए।

त्यसैगरी ‘बबरसिंह थापा स्मृति सम्मान’बाट सञ्चारकर्मी तथा चलचित्र निर्देशक संगीता श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मानगरिएको छ। साहित्य, पत्रकारिता र चलचित्र क्षेत्रमार्फत समाजका विविधपक्ष उजागर गर्दै आएकी श्रेष्ठको बहुआयामिक योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।दुवै जना स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापा, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने, उपाध्यक्ष मालती राई, पूजा थापा श्रेष्ठले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा साहित्यकार खेम नेपाली, बलराम पोखरेल, प्रमोद प्रधान लगायतले देवकुमारी थापाको साहित्यिक योगदान स्मरणगर्दै नेपाली भाषा र बाल साहित्यको विकासमा उनको भूमिका उल्लेखनीय रहेको बताए।

विराटनगर महानगरपालिका–११ काअध्यक्षतीर्थेन्द्र नेउपाने, विराटनगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष विवश पोखरेल तथा सदस्य सचिव दिनेशराज सुवेदी ‘दिङ्लालीकान्छो’ले स्थानीयतहमा साहित्यिक गतिविधि प्रवद्र्धनका लागि यस्तापहल आवश्यक रहेको धारणा राखे।

गुठीका अध्यक्ष न्यौपानेले स्मृति सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै साहित्य, कला र सञ्चार क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रोत्साहनगर्ने योजना रहेको बताए। 

गुठीका सचिवदिनेश श्रेष्ठ, कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सदस्य शोभन नेपाल समेतले बालकथाकार देवकुमारी थापाले नेपालीभाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । 

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गर्‍यो

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गर्‍यो

काँकडभिट्टा नाकाबाट सुन र विदेशी मुद्रा बरामद, एक भारतीय नागरिक पक्राउ

काँकडभिट्टा नाकाबाट सुन र विदेशी मुद्रा बरामद, एक भारतीय नागरिक पक्राउ

मन्त्रालयको संख्या घटाउने निर्णय सकारात्मक, तर नाम र संरचनामा स्थायित्व आवश्यक

मन्त्रालयको संख्या घटाउने निर्णय सकारात्मक, तर नाम र संरचनामा स्थायित्व आवश्यक

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्टको छुट्टै वार्ड सञ्चालनमा

बिराट मेडिकल कलेजमा न्युरो मेडिसिन र न्यूरो सर्जरीका लागि अत्याधुनिक छुट्टै वार्ड तथा एचडीयू सञ्चालनमा

बिराट मेडिकल कलेजमा न्युरो मेडिसिन र न्यूरो सर्जरीका लागि अत्याधुनिक छुट्टै वार्ड तथा एचडीयू सञ्चालनमा

बीआईएस लाइसेन्समा ढिलाइले नेपाली निर्यात प्रभावित, कूटनीतिक पहल गर्न मोरङ उद्योग व्यापार संघको माग

बीआईएस लाइसेन्समा ढिलाइले नेपाली निर्यात प्रभावित, कूटनीतिक पहल गर्न मोरङ उद्योग व्यापार संघको माग

मोरङमा सडक सुरक्षा अभियान तीव्र, विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

मोरङमा सडक सुरक्षा अभियान तीव्र, विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

प्रतिनिधिसभा बैठकमा ६ कार्यसूची, नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभा बैठकमा ६ कार्यसूची, नीति तथा कार्यक्रममाथि छलफल हुने