Live
| आइतबार, असार २७, २०८३
EN
arya newro
BiraKhabar
अपराध, ब्रेकिङ्ग न्यूज

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

2026 Mar 31 3:49 PM 124

विज्ञापन

Birat Cancer Hospital
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान
संक्षेपमा
  • १. काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
  • २. उनीमाथि जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोप छ र जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको थियो।
  • ३. रिजालमाथि गृह मन्त्रालयमा रहँदा भ्रष्टाचार र प्रशासनिक अनियमिततासम्बन्धी आरोपमा पनि अनुसन्धान भइरहेको बताइएको छ।

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

रिजाल जेनजी आन्दोलन भएका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। उनीमाथि भदौ २३ र २४ गते भएको आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागेको छ।

तत्कालीन गृहमन्त्री रमेश लेखकसँग निकट सम्बन्ध रहेको बताइने रिजाल आन्दोलन दमनपछि एक महिनासमेत नपुग्दै काठमाडौंको सीडीओ पदबाट बाहिरिएका थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालविरुद्ध कारबाही गर्न सिफारिस गरेको थियो। यही आयोगको सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन्।

जेनजी आन्दोलनका घटनाबारे आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन मौखिक आदेश दिएको स्वीकार गरेका छन्। तर उनले प्रत्यक्ष रूपमा सिधै गोली चलाउने आदेश भने नदिएको दाबी गरेका छन्। उनले अन्तिम बल प्रयोगको आदेश आफूबाट नभएको बताएका हुन्।

रिजाल काठमाडौंका सीडीओ बन्नुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। त्यतिबेला कर्मचारीहरूलाई अध्यागमन र अन्य आकर्षक कार्यालयमा पठाउने क्रममा पेशागत मर्यादा विपरीत काम गरेको आरोप पनि उनीमाथि लागेको छ।

अख्तियारले विशेष अदालतमा दर्ता गरेको विवरणमा पनि रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान चलिरहेको उल्लेख छ। गृह मन्त्रालय, विमानस्थल अध्यागमन कार्यालय र तत्कालीन पदाधिकारीहरूसँग सम्बन्धित केही गतिविधिमा उनको नाम आएको बताइएको छ।

यससँगै जेनजी आन्दोलन दमन र प्रशासनिक अनियमिततासम्बन्धी विभिन्न आरोपमा रिजालमाथि बहुआयामिक अनुसन्धान अघि बढाइएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?