Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र

2026 Mar 29 3:14 PM 215

विज्ञापन

Birat Cancer Hospital
ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र
संक्षेपमा
  • १. नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम राखेको छ।
  • २. एमालेका अनुसार मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइनेछ।
  • ३. ओली र रमेश लेखकलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको छ र आज उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ।

१५ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ।

एमाले सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई चैत १४ गते बिहानै पक्राउ गरिएको थियो। उनीहरूमाथि जेनजी आन्दोलन दमन गरेको आरोप लगाइएको छ।

पक्राउलगत्तै बसेको एमाले सचिवालयको आकस्मिक बैठकले ओलीको तत्काल रिहाइ माग गर्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो। पार्टीको निर्णयअनुसार शनिबार कार्यकर्ताहरू सडकमा उत्रिएपछि काठमाडौंको माइतीघर–बिजुलीबजार क्षेत्र दिनभर तनावपूर्ण बनेको थियो।

एमालेले ओली र लेखकको गिरफ्तारीलाई गैरकानुनी, पूर्वाग्रही र राजनीतिक प्रेरित कदम भएको दाबी गर्दै त्यसविरुद्ध राजनीतिक तथा कानुनी दुवै माध्यमबाट प्रतिवाद गर्ने जनाएको छ।

यता, सरकारका प्रवक्ता सस्मित पोखरेलले भने सरकार कसैसँग पनि प्रतिशोधको भावनाले अघि नबढेको बताएका छन्।

शनिबार पक्राउ परेका ओली र लेखक दुवैलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?