Live
| बुधबार, जेठ १३, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

मन्त्रालय संख्या घटाउने तयारीमा सरकार, बालेन नेतृत्वमा १५–१८ मा सीमित गर्ने योजना

2026 Mar 27 3:33 PM 243

विज्ञापन

Birat Cancer Hospital
मन्त्रालय संख्या घटाउने तयारीमा सरकार, बालेन नेतृत्वमा १५–१८ मा सीमित गर्ने योजना
संक्षेपमा
  • नयाँ प्रधानमन्त्री बालेन शाहको टोलीले मन्त्रालय संख्या २१ बाट घटाएर १५–१८ मा ल्याउने तयारी गरेको छ।
  • खानेपानी, शहरी विकास, युवा तथा खेलकुद लगायत मन्त्रालय गाभ्नेबारे छलफल भइरहेको छ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालय वा अन्य मन्त्रालयमा समायोजन गर्ने योजना अघि बढेको छ।

१३ चैत, काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार गठनसँगै मन्त्रालयहरूको संख्या घटाउने तयारी सुरु गरिएको छ। हाल रहेको २१ मन्त्रालयलाई घटाएर १५ देखि १८ को बीचमा सीमित गर्ने योजना बनाइएको छ।

प्रधानमन्त्री नजिक स्रोतका अनुसार सरकारलाई सानो, प्रभावकारी र व्यवस्थापनयोग्य बनाउन केही मन्त्रालयहरू एकआपसमा गाभ्ने तयारी भइरहेको छ। यसअनुसार खानेपानी, शहरी विकास तथा युवा तथा खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयसँग समायोजन गर्ने सम्भावनामा छलफल चलिरहेको छ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि पुनर्संरचना गर्ने विषयमा विचार भइरहेको छ। कर्मचारी प्रशासनको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत राख्ने र संघीय मामिलालाई कानून मन्त्रालयमा गाभ्ने विकल्पबारे पनि अध्ययन भइरहेको छ।

पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरूलाई एउटै संरचनामा ल्याएर कार्यक्षमता बढाउने उद्देश्य सरकारको रहेको बताइएको छ। साथै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग युवा तथा खेलकुद मन्त्रालयलाई पनि जोड्ने विषयमा प्रारम्भिक छलफल भएको छ।

मन्त्रालय कटौतीको अन्तिम निर्णय भने मन्त्रिपरिषद बैठकबाट हुनेछ। कार्यविभाजन नियमावली संशोधनपछि मात्रै मन्त्रालयको संख्या र जिम्मेवारी औपचारिक रूपमा तय गरिनेछ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो