Live
| बुधबार, साउन १३, २०८३
EN
arya newro
BiraKhabar
मनोरञ्जन

निशा अधिकारीले सार्वजनिक गरिन् चुनावको आम्दानी र खर्च विवरण

2026 Mar 15 9:20 AM 221

विज्ञापन

Birat Cancer Hospital
निशा अधिकारीले सार्वजनिक गरिन् चुनावको आम्दानी र खर्च विवरण

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएकी अभिनेत्री निशा अधिकारीले आफ्नो चुनावी खर्च र आम्दानीको विवरण सार्वजनिक गरेकी छन्।

जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको विवरणअनुसार उनले चुनाव प्रचारमा ७ लाख ७६ हजार ९२१ रुपैयाँ खर्च गरेकी छन्।

विवरण हेर्दा सबैभन्दा बढी खर्च सामाजिक सञ्जाल विज्ञापन र डिजाइन मा भएको देखिन्छ। यस शीर्षकमा मात्रै उनले २ लाख ५० हजार रुपैयाँ खर्च गरेको उल्लेख छ। त्यस्तै, स्वयंसेवकका लागि खाजा, खाना र यातायातमा १ लाख २९ हजार ७०७ रुपैयाँ खर्च गरिएको देखिएको छ।

आम्दानीतर्फ भने निशाले आफ्नो दल गतिशील लोकतान्त्रिक पार्टी बाट २ लाख रुपैयाँ, २४ जना व्यक्तिबाट प्राप्त सहयोगमार्फत ५ लाख ४९ हजार ६७ रुपैयाँ र आफ्नै तर्फबाट २७ हजार ८८५ रुपैयाँ जुटाएको विवरण पेश गरेकी छन्।

निशाले आफ्नो चुनावी अभियानलाई सकेसम्म कम खर्चिलो, भड्किलोपनरहित र पारदर्शी बनाउने प्रयास गरेको बताएकी छन्। उनका अनुसार अभियानमा नागरिकसँग प्रत्यक्ष संवाद, भेटघाट, घरदैलो र साना छलफललाई प्राथमिकतामा राखिएको थियो।

उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेकी थिइन्।

यता, अभिनयतर्फ निशा अहिले फिल्म ‘कस्तुरी’ को छायांकनमा व्यस्त रहेकी छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13

वेब स्टोरिज

छुटाउनुभयो कि ?