Live
| बुधबार, भदौ १६, २०८३
EN
arya newro
BiraKhabar
समाचार, समाज

अभिभावकलाई विभिन्न परियोजनाको अवलोकन गराएर एभरेष्ट शैक्षिक प्रदर्शनी सम्पन्न

2026 Feb 28 3:41 PM 317

विज्ञापन

Birat Cancer Hospital
अभिभावकलाई विभिन्न परियोजनाको अवलोकन गराएर एभरेष्ट शैक्षिक प्रदर्शनी सम्पन्न

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा हिजोदेखि भएको शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ । मंगलबार एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रदर्शनी गरेका थिए भने आज कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गरेका हुन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा विभिन्न परियोजना मार्फत विद्यार्थीहरुले सक्षमता प्रस्तुत गरेका हुन् । विभिन्न विषयका परियोजनाहरु अभिभावकलाई अवलोकन गराउँदै विद्यार्थीहरुले आफ्ना परियोजनाहरुको विषयमा जानकारी गराएका थिए । कृयाकलापमा आधारित सिकाई पद्धति अवलम्वन गर्दै आएको एभरेष्ट स्कुलले विद्यार्थीलाई हरेक विषयमा ६–६ वटा परियोजना बनाउन लगाएको थियो । भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार गणित, नेपाली, सामाजिक शिक्षा, विज्ञान, अंग्रेजी, कम्प्यूटर, कला तथा कारखाना विज्ञानका विषयका पाठ्यक्रममा आधारित विषयवस्तुहरूलाई विद्यार्थीहरुले विभिन्न प्रोजेक्ट बनाएका हुन् । जहाँ नेपाली संस्कृति, भौगोलिक अवस्थिति देखि विज्ञानका नविन आविस्कारहरुको समेत परियोजनाहरु विद्यार्थीले प्रस्तुत गरेका छन् ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीले साच्चै सिकेको छ कि छैन भन्ने बुझ्नको लागि पनि प्रदर्शनी प्रभावकारी भएको बताउनुभयो । विद्यार्थीहरुका हरेक परियोजना र त्यसको बिषयमा विद्यार्थीले गर्ने ब्याख्या सुन्नुभएका उहाँले विद्यार्थीले सक्षमता प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जति पनि परियोजना छन्, त्यसमा उनीहरुले गरेको मेहनत छ, जसरी परियोजनाका विषयमा बुझेर बुझाएका छन् यसले सक्षमता पुष्टि हुने बताउनुभयो ।

प्रिन्सिपल पुरीले कृयाकलापमा आधारित अध्यापन भनेकै यहि हो भन्दै उहाँले यसले विद्यार्थीमा हौसला थपिने, आत्मविश्वास बढ्ने, सामुहिक कृयाकलाप गर्न प्रेरित गर्ने मात्र नभई तार्किक समेत बनाउने बताउनुभयो ।

यस्तै अभिभावक धर्मराज ढकालले एभरेष्टको शैक्षिक प्रदर्शनी हेरेपछि विद्यालयले गरेको मेहनत स्पष्ट हुने बताउनुभयो । उहाँले भन्नुभयो, दर्जनौं प्रोजेक्टहरू हेर्दा यहाँका विद्यार्थीले विश्वसँग प्रतिष्पर्धा गर्न सक्छन् भन्ने अनुभूति भयो ।’

त्यसो त विद्यार्थीहरूसमेत आफ्ना परियोजनाहरु आफ्ना अभिभावकलाई देखाउन पाउँदा अत्यन्तै खुसी भएका छन् । कक्षा ७ की आरोही रायले यो प्रदर्शनीले नयाँ नयाँ कुराहरु सिकाएको बताउनुभयो । अझ परियोजना अभिभावकलाई बुझाउँदा सञ्चार गर्ने कला समेत अभिवृद्धि भएको छ । यस्तै अर्की छात्रा अविशा भण्डारीले हरेक वर्ष एभरेष्टले गर्ने शैक्षिक प्रदर्शनीले नयाँ–नयाँ कुरा सिक्न अवसर प्रदान गरेको बताउनुभयो । छात्र अनमोल बरालले भने प्रदर्शनीमा आफूहरुले गरेको मेहनत अभिभावकले अवलोकन गरेर प्रशंशा गरिदिँदा अत्यन्तै उर्जा थपिएको बताउनुभयो । विद्यार्थीहरुले परियोजनाको ब्रिफिङ सँगै अभिभावकहरुलाई विभिन्न खेल खेलाउँदै उपहार दिँदै मनोरञ्जन गराएका थिए ।


विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न