Live
| शनिबार, चैत २८, २०८२
EN
arya newro
BiraKhabar
बिचार

सबैको सल्लाह र नगरबासीहरुको लागि नै म काम गर्न आएको होः– दिपक कोइराला, कार्यकारी अधिकृत

2016 Dec 29 7:31 AM 34

विज्ञापन

Biratkhavar
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले समग्र बिराटनगरको बिकासमा आफु लागि पर्ने बताउनु भएको छ । आफनो कार्यकालमा बिराटनगर हेर्ने लायकको र सबै आउदा बिराटनगरमा आरा मगर्ने स्थानको ब्यबस्थापन गर्न नगरपालिकाले योजना बनाइसकेको छ । अब हामी बिराटनगर शहरलाई सफा र हराभरा शहर बनाउने योजनामा लागि परेका छौ जस्ता कार्ययोजना लिएर २ बर्षमा बिराटनगरमा धेरै राम्रा काम गर्ने योजना रहेको बताउनु हुन्छ जस्ता बिषयमा रहेर बिराटखबर टीमले कार्यकारी अधिकृत कोइराला संग गरेको बिकास सारसंक्षेप अन्र्तवार्ता यस प्रस्तुत गरिएको छ । १.विराटनगर उपमहानगरपालिका क्षेत्रमा भइरहेका विभिन्न विकास निर्माणको कामलाई कसरी अगाडी बढाई रहनु भएको छ ? = हाम्रो सहरी विकासमा आर्थिक, सामाजिक ,राजनैतिक विकासको कुरा आउछ । हाम्रोमा राजनैतिक विकासको क्रम अवरुद्ध छ । स्थानिय निकायहरु जनप्रतिनिधि विहिन अवस्थामा रहेका छन् । सामाजिक पाटोमा हेर्नु हुन्छ भने जनचेतनाका पाटाहरु आउंछन् । अहिले हाम्रोमा जनचेतनाको पाटो एकदमै कमजोर छ । जनचेतना भन्दा कर्तब्यको चेतना कम छ । जनचेतनाको कमि हुने वित्तिकै पूर्वाधार विकासको कामको गुणस्तर कम हुन्छ । चेतनाको कमि हुने वित्तिकै सरसफाईको काम पनि प्रभावित हुने भईहाल्यो । अब तपाईले भन्नु भयो पुर्वाधार विकासको सवालमा ए.डि.वि. सहयोगमा नाला, सडकको निर्माणको कार्यलाई अगाडी बढाएका छौ । यस्ता भौतिक संरचना निर्माणको लागि आन्तरीक स्रोत साधनले नभ्याउने भएकोले दात्ताको सहयोग आवश्यक चाहिन्छ । फोहोरमैला व्यवस्थापनको सन्दर्भमा वेस्ट मेनेजमेन्ट ग्रुप सँग साझेदारी गरेका छौ । सामजिक चेतनामा हामीले युनिसेफको सहयोगमा विभिन्न सामाजिक क्लवहरुको स्थापना गरेर गतिविधि संचालन भइरहेका छन । त्यसैगरी हाम्रा हरेक वडामा सामाजिक परिचालिकाहरु प्नि रहेका छन् । साथै हाम्रो स्वयात्तशासन ऐन अनुसार गाउं टोलबाट छनौट भएर आएका विकास निर्माणको काम पनि संचालन भइ रहेका छन् । २. बिराटनगरको सिटी बसवार्कको अबधारणा कहां पुग्यो नगरबासीले कसरी थाहा पाउने ? = बसपार्कको कुरामा , एउटा व्यवस्थित सहरीकरण भन्ने वित्तिकै व्यवस्थित बस पार्क, सडक, डल, बधशाला लगायतका कुरा आउंछन । यी सबैलाई व्यवस्थित र क्रमिक रुपमा अगाडी लैजाने योजनामा छु । बधशालाको लागि पशुविकास कार्यालयको सहयोगमा विराटनगर–११ मा निर्माणको अन्तिम चरणमा पुगेका छौ । विराटनगर बसपार्क भरखरै ८ करोड ४७ लाखमा ठेक्का लागेको छ । अब यो विकासको अभियानमा धेरै सरोकार पक्षहरु पनि संलग्न भएका हुन्छन् । हाम्रो सडकको कुरा गर्नु हुन्छ भने ६ लेनको सडकको लागि ६ लेन प्रोजेक्ट छ । सहरी विकास कार्यालय छ । सडक डिभिजन कार्यालय पनि छ । नगरपालिका भैहाल्यो । सबैको संमन्वयमा नै विकासका काम अगाडी बढी रहेका छन् । ३.अहिले विराटनगर शहरमा सबै तिर भत्तकाएर लथालिङ बनाइएको छ । यस्तो अवस्थामा यसको निर्माण कार्य कहिले सम्म सकिन्छ? के यो आर्थिक बर्षमा विराटनगर बासीले धुलोबाट छुटकारा पाउछन्? यसको लागि नगरपालिकाले के गरिरहेको छ? = तपाईले ए.डि.वि.को यस.टि.य.ूआइ.पि.को काम भन्नु भएको हो होला । यो रोकिएको काम सबै चालु भएको छ । यो पहिलो चरणको काम असार भित्र सम्पन्न हुने छ । त्यहाँबाट बाकि रहेका अधुरा रहेको कामलाई थप चिन अर्बको लागतमा अगाडी बढाउने छौ । ४. यस अघि विराटनगरका घरहरु भत्तकाइएको थियो बाकी भएको स्थानमा अहिले पनि भत्तकाइएको छैन? जनताले वाच गरेका छन्? अब के गर्छ नगरपालिकाले ? = यो भ्रम हो । बजार एरियाको काम सेकेन्ड फेजको एडिस्नल बजेटमा परेको हुनाले केहि ढीलो भएको हो । जब यसको कन्ट्याक्टर नियुक्त भएपछि भत्तकाउने क्रम अगाडी बढछ । कन्फुयजमा नगरबासी नफर्दा हुन्छ । ५. अहिले निर्माण हुने नालाले विराटनगरको ढलको समस्या समाधान हुन्छ ? यो आ.ब.२०७३÷७४ भित्र कति किलोमिटर ढलको नला निर्माण हुन्छ? = हाम्रो लक्ष्य ३६ किलो मिटर हो । यसले विराटनगरको बजार क्षेत्रको समस्या समाधान हुनेछ । सबै बजार भित्र र बाहिर पिच रोड बन्ने देखिन्छ । ५. ढलको नालामा पानी, फोहोरमैला र प्लाष्टिक जन्य बस्तुहरु जमेको अवस्था छ, किन यस्तो भएको हो, कसरी काम भैरहेको छ? = त्यस्तो होइन् । पहिलो चरणको काममा सबै ढलका नालाहरु नजोडिएकोले यस्तो देखिएको हो । दोस्रो चरणमा जोडिने छन् । त्यस पछि यो समस्या देखिदैन् । ६. विराटनगरको विचमा रहेको गुद्री बजारले फोहोरमैला बढी उत्पादन गर्छ तर यसको ब्यबस्थापन राम्रो छैन्? यसलाई हटाउने कुरा आएको थियो । यस बारे नगरपालिकाले के सोच बनाएकोछ ? = बास्तबमा हामी गुद्रिबजारलाई त्यहांबाट सार्दै छौ । कटहरीमा भरखरै कृषि मन्त्रिले कृिष बजारको उद्घाटन गरी सक्नु भयो । त्यसको ठेक्का लागि सकेको छ । १८ महिना भित्रमा त्यो सम्पन्न हुन्छ । गुद्रिबजार त्यहां सर्छ । त्यस पछि बिराटनगरको मेन बजारमा सब्जीहरुको फोहोरमैला हुदैन नी । ७. गुद्रिबजारलाई कसरी सारीन्छ ? जनताले सहजरुपमा लिन्छन् त? = अहिले गुद्रिबजारलाई कटहरीमा सार्छौ । बजार विकासको क्रममा यस्ता कुरा प्रत्यक्ष जनता सँग जोडीएको हुनाले आवश्यकता अनुसार विस्तार हुदै जान्छ । पछि त्यो सहज पनि हुन्छ । ८.विराटनगरको बसपार्कको निर्माण कसरी भइरहेको छ ? = विराटनगर बसपार्कको निर्माणको लागि ठेक्का लागि सकेको छ । यसको ठेक्का ८ करोड ४७ लाखमा ठेक्का लागेको छ । त्यहां हाम्रो डेढ विघा जग्गा रहेको छ । यसको निर्माण १५ महिनामा भई सक्छ । त्यहां एक पटकमा ५५ वटा गाडी पार्क गर्न सकिन्छ । यो टर्मिनल बसपार्क हो । ठुलो क्षमताको बसपार्क निर्माण सहरी क्षेत्र भन्दा बहिर हुनु नै राम्रो हुन्छ । हामीले त्यस तर्फ पनि ध्यान पु¥याएका छौ । ९ विराटनगर उपमहानगरपालिकालाई सि.सि. टिभिले निगरानी गर्ने गरेको थियो ? अहिले त्यो देखिएको छैन्? = होइन । तपाईलाई भ्रम भएको हुन सक्छ । त्यो अहिले पनि चालु छ । अहिले पनि सि.सि. टिभि हेर्ने गर्छु । बत्ति नभएको बेला नदेखिएको हुन सक्छ । कामको निगरानी गर्ने यो नगरपालिको एउटा टुल्स हो । १०.बिराटनगर बासीलाई राम्रो अनि हाम्रो साथै पार्क युक्त भएको महसुस गर्ने गरी नगरपालिकाको कुनै योजना छ? = मैले सुरुमा पनि बताए व्यवस्थित नगरको निर्माणको लागि धेरै पक्षको भुमिका हुन्छ । यसमा सरसफाइ जोडिन्छ । बसपार्क, यातयात लगायतका विभिन्न पक्ष आउंछन । हामी कहां सिटी यातयातको व्यवस्था नभएर सिटि रिक्सा संचालनमा छन् । यसले सहरमा भिडभाड बढाएको छ । तरकारी बजारको व्यवस्थापनको कुरा आउछ । यस सबै पक्षलाई समेटेर एकिकृत योजनाको साथ व्यवस्थित सहर बनाउने योजनामा लागेका छौ । पार्क लगायत मनोरञ्जन गर्ने स्थानको पनि ब्यबस्थापन गर्ने योजनामा नगरपालिका रहेको छ । ११. विराटनगरमा धेरै अस्पतालहरु छन् । त्यहांबाट फोहोर उत्पादन भइरहेका छन् । त्यसको व्यवस्थापन राम्रो छैन? तपाईहरु तीनलाई कार्वाही गर्न सकिरहनु भएको छैन, किन होला? = तपाईले राम्रो कुरा उठाउनु भयो । संघियतामा गईसके पछि स्थानीय सरकार अहिले पनि स्थानीय सरकार त हो तर आत्मानिर्भर नभएको कारणले अधिकार दिए पनि निर्भाह गर्न नसकेको हौं । संघियतामा गईसके पछि जनस्वस्थ्यका विषयहरु स्वतः हाम्रो दायित्वमा आउंछन् । अहिलेको ऐनले पनि हस्पिटलले आफ्नो फोहोेरको व्यवस्थापन आफै गर्नु पर्छ किन भने त्यो अलि टेिक्ननिकल विषय पनि हो । अहिले हामी जनस्वस्थ्य सँग संमन्वय गरेर फोहोर व्यवस्थापन गर्ने सोचमा छौ । मैले अघि पनि भने कर्तव्य र अधिकार सँगसँगै जानु पर्छ । जनस्वस्थ्य जस्तो जनताको स्वस्थ्य सँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायले पनि फोहोर मैला व्यवस्थापनमा तदारुक्ता देखाउन सकेको छैन । कार्यालयको फोहोर नै सडकमा फाल्ने गरेको थियो । हामीले केही अघि त्यस्तो नगर्ने कबुलियत गराएका छौ । शहरमा भएका क्लिनिकहरुको बिकृति पनि त्यस्तै छ । त्यहां पैसा तिरेर विरामीहरु उपचार गराउन जान्छन् । विरामीले तिरेको शुल्कको आधारमा सेवा पाउन सक्दैनन् । क्लिनिकको स्विकृति जनस्वस्थ्यले दिन्छ । क्लिनिक संचालनका लागि मापदण्डहरु रहेका छन् । त्यसको पालना भएको छैन । मापदण्ड पुरा नभएका क्लिनिकलाई उपमहानगरपालिकाले खोजी गरेर कारवाही अगाडी बढाएका छौ ।  

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर

दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर

आजको चुनौती बालेनका लागि ‘अग्निपरीक्षा’ : नेतृत्वमा सफलता वा असफलताको मोड

आजको चुनौती बालेनका लागि ‘अग्निपरीक्षा’ : नेतृत्वमा सफलता वा असफलताको मोड

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र