Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कुस्तीमा मध्यमाञ्चललाई ६ स्वर्ण प्राप्त

2016 Dec 30 3:28 PM 61

विज्ञापन

Birat Cancer Hospital
कुस्तीमा मध्यमाञ्चललाई ६ स्वर्ण प्राप्त
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो । पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे । सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव, ६१ केजीमा जयमंगल यादव, ६५ केजीमा सरोजबाबु यादव, ७४ केजीमा मुक्तार आलम, ९७ केजीमा सुमिरकुमार साह तथा १२५ केजीमा सत्येन्द्रप्रसाद यादवले मध्यमाञ्चललाई स्वर्ण दिलाए । रामबाबुले प्रहरीका भग्वत साह, जयले पश्चिमाञ्चलका श्याममिलन दूरी, सरोजले पूर्वाञ्चलका सुरेशकुमार यादव, मुक्तारले पश्चिमाञ्चलका मुनेश्वर यादव, सुमिरले मध्यपश्चिमाञ्चलका कमरुद्धिन मिया तथा सत्येन्द्रले पूर्वाञ्चलका नागेन्द्र यादवलाई पछि पारे । ७० केजीमा पश्चिमाञ्चलका वैजनाथ यादवले प्रहरीका दिपेश राउतलाई पराजित गरी पहिलो स्थान हात पारे । मध्यपश्चिमाञ्चलका रमेश गोतमेले पूर्वाञ्चलका विसनदेव यादवलाई निराश पार्दै ८६ केजीमा च्याम्पियन बने । तीनदिनसम्म चलेको कुस्तीमा पाँच विकास क्षेत्र, प्रहरी र आर्मीका ५५ खेलाडीले ८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको कुस्ती मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले जनाएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?