Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित हुन दिन्नौं : ओली

2017 Jan 9 4:58 PM 58

विज्ञापन

Biratkhavar
विराटनगर÷नेकपा एमालेका अध्यक्ष के. पि. शर्मा ओलीले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला सरकारले नबुझेको आरोप लगाउनुभएको छ । विराटनगरमा आज नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले यो प्रस्ताव संविधान बिपरित छ तर संसदमा छलफल गर्न चाही सकिन्छ भनेको अबस्थामा संसदीय मूल्य मान्यता बिपरित जाल, झेल गरेर, झुक्याएर प्रस्ताव प्रस्तुत गरेको बताउनुभयो । जसरी तास र जुवामा खेल तासको पत्ति र कौडाको खेल हुन्छ तर हारजित सम्पत्तिको हुन्छ त्यसैगरी संविधान संशोधन प्रस्तावमा कुरा भएपनि यसमा राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय हित र अखण्डताको हारजित हुने भएकाले एमालेले कुनैपनि हालतमा प्रस्ताब पास हुन नदिने ओलीले बताउनुभयो । गैरनेपालीलाई नागरिकता दिएर आफुहरूले गल्ति गरेको भन्दै अध्यक्ष ओलीले नागरिकता पाएपछि उनीहरूले नै एमालेलाई प्रवेश निषेध गर्ने कुरा गर्न थालेको बताउनुभयो । पृथ्वीनारायण शाहको “जाई कटक नगर्नु झिकी कटक गर्नु” भन्ने दिब्योपदेश उद्धृत गर्दै अध्यक्ष ओलीले एमालेले कसैलाई आक्रमण नगर्ने तर कसैले एमाले माथि आक्रमण गरे त्यसले ज्यादै नराम्रो मूल्य चुकाउनु पर्ने बताउनुभयो । जात जाती, भाषा भाषी लगायत विविधता भएको क्षेत्रमा विद्वेष, घृणा फैलाएर आफ्नो दुनो सोझ्याउने व्यवसाय फस्टाएको भन्दै ओलीले त्यसप्रति सजग हुन आग्रह गर्नुभयो । आफु प्रधानमन्त्री भएपछि जनपक्षिय कार्य गरेको र कसैलाई भेदभाव एवम् काखापाखा नगरेकाले गुटबन्दी गर्नुपर्ने आबश्यकता नभएको भन्दै ओलीले सकेसम्म सर्वसम्मतिबाट नेतृत्व चयन गर्न यदी सर्वसम्मत गर्न नसके स्वस्थ्य प्रतिस्पर्धा गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशन पुष २७ गतेसम्म चल्ने छ । अधिवेशनले एमाले मोरङको नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्षका लागि एमाले मोरङका वर्तमान अध्यक्ष महेश रेग्मी र पूर्व अध्यक्ष विनोद ढकाल नेतृत्व हत्याउने होडमा छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु