Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उर्लाबारी नगरपालिकाको बजेट निति तथा कार्यक्रम सार्बजनिक

2017 Jan 17 7:29 AM 68

विज्ञापन

Birat Cancer Hospital
उर्लाबारी नगरपालिकाको बजेट निति तथा कार्यक्रम सार्बजनिक

मोरङ । उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५को स्वीकृत बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले १५ करोड ५६ लाख ८८ हजार बजेट आयतर्पm पस्ताव गरेको छ । अन्तरि स्रोतबाट एक करोड ५९ लाख,बाह्य स्रोतबाट ५३ लाख,सामाजिक सुरक्षा अनुादनबाट ५ करोड ८५ लाख,पुजिँगत अनुदानबाट प्राप्त ४ करोड ९५ लाख,रजिस्ट्रेशनबाट ३५ लाख,पूर्वाधार विकासबाट एक करोड ४७ लाख ४४ हजार लगायत अन्य विविध शिर्षकहरुबाट १५ करोड ५६ लाख रुपैँया आयमार्पmत प्राप्त हुने कार्यकारी अधिकृतले बताए । यस्तै,प्रस्तावीत खर्चतर्फ प्रशासनीकमा ७ करोड ५५ लाख १५ हजार रहेको छ । यसमा सामाजिक सुरक्षा समेत जोडिएको नगरपालिकाद्वरा प्रस्तुत पुस्तिकामा उल्लेख गरिएको छ । यस्तै,कार्यक्रम तथा पुजीँगत खर्चमा ८४ लाख ५० हजार,अन्य कार्यक्रम खर्चमा १८ लाख ५० हजार लगायत अन्य विभिन्न शिर्षकहरु गरी आय बराबरको खर्च कार्यकारी अधिकृत मगरले प्रस्तुत गरेका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा आन्तरीक,बाह्य,समाजिक सुरक्षा,नेपाल सरकार लगायत अन्य विभिन्न शिर्षक गरी १६ करोड ८७ लाख ४५ हजार को बजेट संशोधिन गरी स्वीकृत पेश गरको छ । नगरपालिकाले आप्mनो उपलब्धीहरुमा एकिृत सम्पत्ति कर प्रणालीको वैज्ञानिक ढंगबाट शुरुवात गरेको,निजी क्षेत्रलाई फोहोर व्यव्स्थापनको जिम्मा लगाएको,सौर्य सडक बत्ती कार्यक्रमबाट चालू आर्थिक वर्षबाट प्रारम्भ गर्ने,सिमसारयुक्त पर्यटकीय नगरी उर्लाबारीलाई कार्यान्वयन गर्न नगर क्षेत्रका सिमसारहरुलाई सुन्दर र आकार्षक बनाउन चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएको,सिसी क्यामेरा जडान,कभड हल निर्माण,बक्राहा घाट निर्माण जस्ता महत्वकांक्षी योजनाहरु समेत सार्वजनिक गरेको छ । चोैथो नगर परिषदबाट पारित स्वीकृत बजेट,नीति तथा कार्यक्रमको अवसर पारी उर्लाबारी नगरपालिले मोरङ मोडल कलेजलाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको छ । यस्तै,उत्कृष्ठ कर्मचारीमा सम्झाना भण्डारीलाई सम्मान गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?