Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट गोल्डकप नहुने

2017 Jan 24 8:18 PM 53

विज्ञापन

Birat Cancer Hospital
विराटनगर÷पूर्वाञ्चलकै पुरानो र प्रतिष्ठित प्रतियोगितामा पर्ने विराट गोल्ड कप यो वर्ष नहुने भएको छ । पटक पटक रोकिदै हुदै आएको यो प्रतियोगिता पुर्व निर्धारीत मिती अनुसार माघ अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म हुनुपर्ने हो । तर जिल्ला खेलकुद विकास समितीले विराटनगरको शहीद मैदान छ महिनासम्म कसैलाई नदिने भनेर निर्णय गरेपछि विराट गोल्ड कप फेरी एक पटक अनिश्चित बनेको छ । विराट गोल्ड कप महेन्द्र गोल्ड कपको नामबाट २०१८ सालदेखि शुरू भएको हो । नियमित रूपमा सञ्चालन भइरहेको गोल्ड कप २०५७ सालदेखि अबरूद्ध हुनपुग्यो । लामो समयदेखि हुन नसकेको गोल्ड कपको नाम फेरेर विराट गोल्ड कपको नाममा झण्डै ११ बर्षपछि पुनः २०६८ सालमा शुरू भएको थियो । आर्थिक अनियमितता बढेपछि २०७० सालमा हुन नसकेको गोल्ड कप आयोजक फेरेर २०७१ सालदेखि पुनः शुरू भएको थियो । दुई वर्ष राम्रो ब्यबस्थापनका साथ भएको विराट गोल्ड कप, मोरङ जिल्ला खेलकुद विकास समितीले मैदान मर्मत भइरहेको भन्दै मैदान नदिने निर्णय गरेपछि फेरी यो प्रतियोगिता नहुने देखिएको छ । तर विराट गोल्ड कप फुटबल ट्रष्टले भने शहीद मैदानको अबस्था खेलकुद गतिबिधी गर्न रोक्नैपर्ने स्थिती नभएको विराट गोल्ड कप फूटबल ट्रष्टका कार्यबाहक अध्यक्ष सन्तोष बानियाँ बताउनुहुन्छ । शहीद रङ्गशालाको विकल्प पनि नभएको बानियाँको भनाई छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?