Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्राबिधिक शिक्षाका विद्यार्थी मारमा

2017 Jan 24 8:22 PM 82

विज्ञापन

Birat Cancer Hospital
विराटनगर÷प्राबिधिक शिक्षा लिइरहेका मोरङका विद्यार्थीले वार्षिक परीक्षा आउन डेढ महिना मात्र बाँकी रहदा समेत प्रयोगात्मक कक्षा लिन पाएका छैनन् । प्रयोगात्मक कक्षा लिन नपाउदै परिक्षा दिनुपर्ने अवस्था आएपछि विद्यार्थी अन्यौलमा परेका छन् । चालु शैक्षिक सत्रदेखि मोरङका सात वटा विद्यालयको माध्यमिक तहमा सिभिल, इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्प्युटर, इञ्जिनियरिङको पढाई सुरू भएको छ । शैक्षिक सत्रको नौ महिना बितिसक्दा समेत विद्यार्थीले प्रयोगात्मक कक्षा लिन पाएका छैनन् । प्रयोगात्मक कक्षा लिन नपाउँदा आफुहरूलाई परिक्षामा कसरी दिने भन्ने चिन्ताले सताउन थालेको सत्यनारायण उच्च माध्यामिक विद्यालयकी छात्रा अंकिता सापकोटा बताउनुहुन्छ । प्राविधिक शिक्षामा आफ्नो भविष्ण उज्ज्वल हुने ठानेर प्राविधिक विषय पढ्न आएका विद्यार्थीले प्रयोगात्मक कक्षा लिन नपाएपछि भविष्य बिग्रने पो होकी भन्ने चिन्तामा छन् । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने झै भएको पोखरीया उच्च माध्यामिक विद्यालयका छात्र सुवर्ण पराजुली बताउनुहुन्छ । प्रयोगशाला बनाउन भनेर मोरङका सातवटै विद्यालयका लागि गत आर्थिक वर्षमानै एक करोड २० लाख ८० हजार रूपैयाँ आएको थियो । तर जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई रकम निकासा गरेन । जसले गर्दा रकम फ्रिज भएर समस्या सिर्जना भएको हो पोखरीया उच्च माध्यामिक विद्यालयका प्राचार्य खेमराज भट्टराई बताउनुहुन्छ । चालु आर्थिक वर्षमा प्रत्येक विद्यालयलाई दिने भनिएको १० लाख रूपैयाँ समेत जिल्ला शिक्षा कार्यालयवाट निकासा सत्यनारायण उच्च माध्यामिक विद्यालयका प्राचार्य धर्मानन्द खरेल बताउनुहुन्छ । प्रयोगात्मक कक्षा अभावमा प्राविधिक विषय लिएर अध्ययन गरिरहेका मोरङका तीन सय ३६ विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला