Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्राबिधिक शिक्षाका विद्यार्थी मारमा

2017 Jan 24 8:22 PM 52

विज्ञापन

Birat Cancer Hospital
विराटनगर÷प्राबिधिक शिक्षा लिइरहेका मोरङका विद्यार्थीले वार्षिक परीक्षा आउन डेढ महिना मात्र बाँकी रहदा समेत प्रयोगात्मक कक्षा लिन पाएका छैनन् । प्रयोगात्मक कक्षा लिन नपाउदै परिक्षा दिनुपर्ने अवस्था आएपछि विद्यार्थी अन्यौलमा परेका छन् । चालु शैक्षिक सत्रदेखि मोरङका सात वटा विद्यालयको माध्यमिक तहमा सिभिल, इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्प्युटर, इञ्जिनियरिङको पढाई सुरू भएको छ । शैक्षिक सत्रको नौ महिना बितिसक्दा समेत विद्यार्थीले प्रयोगात्मक कक्षा लिन पाएका छैनन् । प्रयोगात्मक कक्षा लिन नपाउँदा आफुहरूलाई परिक्षामा कसरी दिने भन्ने चिन्ताले सताउन थालेको सत्यनारायण उच्च माध्यामिक विद्यालयकी छात्रा अंकिता सापकोटा बताउनुहुन्छ । प्राविधिक शिक्षामा आफ्नो भविष्ण उज्ज्वल हुने ठानेर प्राविधिक विषय पढ्न आएका विद्यार्थीले प्रयोगात्मक कक्षा लिन नपाएपछि भविष्य बिग्रने पो होकी भन्ने चिन्तामा छन् । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने झै भएको पोखरीया उच्च माध्यामिक विद्यालयका छात्र सुवर्ण पराजुली बताउनुहुन्छ । प्रयोगशाला बनाउन भनेर मोरङका सातवटै विद्यालयका लागि गत आर्थिक वर्षमानै एक करोड २० लाख ८० हजार रूपैयाँ आएको थियो । तर जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई रकम निकासा गरेन । जसले गर्दा रकम फ्रिज भएर समस्या सिर्जना भएको हो पोखरीया उच्च माध्यामिक विद्यालयका प्राचार्य खेमराज भट्टराई बताउनुहुन्छ । चालु आर्थिक वर्षमा प्रत्येक विद्यालयलाई दिने भनिएको १० लाख रूपैयाँ समेत जिल्ला शिक्षा कार्यालयवाट निकासा सत्यनारायण उच्च माध्यामिक विद्यालयका प्राचार्य धर्मानन्द खरेल बताउनुहुन्छ । प्रयोगात्मक कक्षा अभावमा प्राविधिक विषय लिएर अध्ययन गरिरहेका मोरङका तीन सय ३६ विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?