Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि फागुनमा

2017 Feb 6 6:00 PM 55

विज्ञापन

Birat Cancer Hospital
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सन्चालन हुने भएको छ ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई औषधि खुवाउन लागेको हो ।  दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको हो ।  दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने बताइएको छ । अभियानअन्तर्गत् पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथबाट औषधि खुवाइने छ भने दोस्रो र तेस्रो दिन घरदैलो कार्यक्रम गरी औषधि खुवाउने कार्यक्रम रहेको छ । अभियान सन्चालन हुने जिल्लामा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, ललितप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत दैलेख, जाजरकोट, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ बैतडी र दार्चुला रहेका छन् । नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन् । तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?