प्रहरी महानिरिक्षक पदका दाबेदार मध्ये वरिष्ठतका क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाल आफैले सर्वोच्चमा रिट दायर गरेका हुन् । डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ । उनले प्रहरी नियमावली २०७३ को नियम ४१ बमोजिम प्रहरी प्रमुख वनाइनुपर्ने माग दाबी लिएका छन् । उक्त नियममा बरिष्ठता, कार्यक्षमता, कार्यकुशलता, नेतृत्व क्षमतका आधारमा नेपाल प्रहरीको प्रमुख नियुक्त हुने उल्लेख छ । सिलवालले उक्त नियमावलीलमा उल्लेखित मापदण्डमा आफू अगाडी रहेको दाबी गरेका छन् । वरिष्ठता क्रममा उनि एक नम्बरमा छन् । रिटमा उनले मन्त्रिपरिषद्ले प्रहरी प्रमुख वनाउने भनि निर्णय गरेका जयबहादुर चन्द आफू भन्दा सवै कुराले पछि रहेको जिकिर गरेका छन् । साथै सिलवालले यस अघि सर्वोच्च अदालतले प्रतिपादन गरेको नजिरको उल्लंघन नुहने गरि प्रहरी प्रमुख छनौट हुनुपर्ने माग दाबी गरेका छन् । सर्वोच्च नेपाल प्रहरीका दिनकर शमशेरको मुद्दामा सुनुवाई गर्दै यस अघि बढुवा गर्दा वरिष्ठता मिच्न नपाइने सिद्धान्त प्रतिपादन गरेको थिया । सिलवालकोे रिटमाथि सोमबार नै प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
डिआइजी सिलवाल आफैले सर्वोच्चमा रिट दायर
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
