Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
समाचार

राजदुत नियुक्तिबारे देउबा बिरुद्ध पार्टी भित्रै कडा बिरोधः तत्काल बैठक माग

Feb 25, 2017 11:31 AM
राजदुत नियुक्तिबारे देउबा बिरुद्ध पार्टी भित्रै कडा बिरोधः तत्काल बैठक माग

पार्टीको सदस्य समेत नरहेका व्यक्तिलाई राजदुत नियुक्तिका लागि सिफारिस गरेपछि शेरबहादुर देउवा प्रति पार्टी भित्रको बिरोध चरम उत्कर्षमा पुगेको छ। एकलौटी निर्णय गर्ने देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउ“दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रिय समितिको बैठक बोलाउन माग गरेको छ। पार्टी संचालन, सरकार संचालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न माग गर्दै वरिष्ठ नेता पौडेल पक्षले तत्काल पार्टी केन्द्रिय समितिको बैठक बोलाउन सभापति देउवास“ग लिखित रुपमा माग गरेको हो । पौडेल पक्षले संविधान संशोधन प्रस्ताव थाति राखेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडान पनि राख्दै आएको छ ।

Dhoni Sabuun