Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्ववियु निर्वाचन अन्योलमा, कुन क्याम्पसमा किन रोकियो मनोनयन ? 

2017 Feb 27 12:07 PM 72

विज्ञापन

Birat Cancer Hospital
स्ववियु निर्वाचन अन्योलमा, कुन क्याम्पसमा किन रोकियो मनोनयन ? 

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पसबाहेक निर्धारित कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । केही क्याम्पसमा आगजनी, तोडफोड र झडप भए ।वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आइतबार आगजनी गरेको छ । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नगर्ने निर्वाचन समितिको निर्णयपछि तोडफोड भएको छ । चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको र सो माग पूरा गर्न नसक्ने अवस्था आएपछि चुनाव नगर्ने निर्णय गरेको समितिले जनाएको छ ।

कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

त्रिवि केन्द्रीय क्याम्पस त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मतदाता नामावलीको विषयलाई लिएर आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीको कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । निर्वाचन समितिले सहमतिका लागि गरेको प्रयास असफल भएको त्रिवि केन्द्रीय क्याम्पसका निर्वाचन आयुक्त लालुप्रसाद पौडेलले बताए । विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा पनि मनोनयन दर्ता हुन सकेको छैन । वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतदाता नामावलीमा फर्जी विद्यार्थी भएको भन्दै तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । चुनावी प्रक्रिया अघि बढाउन आइतबार नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति निकालेका छन् । नेपाल कमर्स क्याम्पस नेपाल कमर्स क्याम्पस मीनभवनमा मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)ले फर्जी विद्यार्थीको विरोधमा एक सातायता गरेको तालाबन्दीका कारण निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । रत्नराज्यलक्ष्मी क्याम्पस शनिबार भएको नेविसंघ र अनेरास्ववियुको झडपका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए । पद्मकन्या क्याम्पस बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले शनिबारदेखि गरेको तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिवि नियमको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् । तर, सोमबार कुनै पनि हालतमा मनोनयन दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन समितिले जनाएको छ । शंकरदेव क्याम्पस शंकरदेव क्याम्पसमा पनि तालाबन्दीका कारण आइतबार मनोनयन दर्ता हुन सकेन । माओवादी केन्द्र, वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरेको र आचारसंहिता उल्लंघन गरेको विरोधमा ताला लगाएका हुन् । ताला खुलाउनका लागि निर्वाचन कमिटीले सोमबार बिहान सर्वपक्षीय बैठक बोलाएको छ । सो बैठकबाट ताला खुलाउने सहमति भयो भने भोलि नै मनोनयन दर्ता प्रक्रिया सुचारु गरिने क्याम्पस प्रमुख कृष्ण आचार्यले बताए । अस्कल क्याम्पस अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरू आन्दोलित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । विद्यार्थी संगठनलाई सहमतिमा ल्याउनका लागि अथक प्रयास गर्दा पनि सहमतिमा ल्याउन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको निर्वाचन आयुक्त गंगा श्रेष्ठले बताइन् । त्रिचन्द्रमा ताला खुल्यो एक सातादेखि त्रिचन्द्र क्याम्पसमा लगाएको ताला खुलेको छ । ताला खुलेसँगै चुनावी प्रक्रिया अगाडि बढेको छ । सैद्धान्तिक परीक्षा सकिएसँगै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी आन्दोलित थिए । सो विषयमा त्रिविले सिनेटमा छलफल गरी विवाद टुंग्याउने सहमतिपश्चात् ताला खुलेको हो । आइतबार त्रिचन्द्रमा संगठन दर्ता गरिएको छ । ल क्याम्पसमा तोडफोड प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नगर्ने निर्वाचन समितिको निर्णयपछि तोडफोड भएको छ । चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको र सो माग पूरा गर्न नसक्ने अवस्था आएपछि चुनाव नगर्ने निर्णय गरेको समितिले जनाएको छ । विद्यार्थीेले अवरोध सिर्जना गरेपछि कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम अघि बढाउन नसकिने समितिले क्याम्पस प्रशासनलाई लिखित रूपमा जानकारी गराएको छ । क्याम्पसले सूचना निकालेर घोषित सबै चुनावी कार्यक्रम स्थगित गरिएको जनाएको छ । क्याम्पसले सूचना जारी गरेलगत्तै अनेरास्ववियुले निर्वाचन कार्यालय तोडफोड गरेको छ । वाल्मीकि क्याम्पसमा आगजनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी कार्यक्रम अघि बढेसँगै क्याम्पसहरूमा आगजनी हुने क्रम पनि बढेको छ । वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आइतबार आगजनी गरेको छ । तालाबन्दी हुनुभन्दा पहिला आफ्नोतर्फबाट उम्मेदवारी मनोनयन दर्ता भएको र अरू संगठनको उम्मेदवारी नपरेकाले निर्विरोध घोषणा गर्न माग गरेको अनेरास्ववियुले जनाएको छ । नेविसंघले भने विगतमा जस्तै यस वर्ष पनि चुनाव जित्ने निश्चित भएपछि अनेरास्ववियु आगजनीमा उत्रिएको आरोप लगाएको छ । निवर्तमान स्ववियु सभापति रमेश रिजालले कसैले माग गर्दैमा निर्विरोध घोषणा हुन नसक्ने बताए । त्रिविको कार्यतालिकाअनुुसार १४ फागुनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम थियो ।

स्ववियु निर्वाचन गर्न पार्टीको हस्तक्षेप

काभ्रेमा रहेका दुईवटा क्याम्पसमा स्ववियु निर्वाचन गर्न आइतबार कार्यदल गठन गरिएको छ । प्रजिअ शिवप्रसाद सिम्खडाको संयोजकत्वमा राजनीतिक दल र विद्यार्थी नेताबीच भएको छलफलपछि कार्यदल गठन गरिएको हो । पनौतीस्थित इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा मतदाता नामावलीको संख्यामा कुरा नमिलेपछि १२ फागुनबाट दुईवटै क्याम्पसको स्ववियु निर्वाचन कमिटीले निर्वाचन स्थगित गरेको थियो । विवाद मिलाउन आइतबार प्रजिअ सिम्खडाको नेतृत्वमा कांग्रेस जिल्ला उपसभापति अच्युत पौडेल, एमाले जिल्ला अध्यक्ष टोकबहादुर वाइवा र माओवादी केन्द्रका नेता दैवलाल घिसिङको उपस्थितिमा सबै दलका विद्यार्थी नेताबीच बसेको बैठकले विद्यार्थी संगठनका तर्फबाट एक–एकजना प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको हो । साभार : नयाँ पत्रिका

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला