Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चार दिनदेखि अनशनमा बसेका पत्रकारको स्वास्थ्य अवस्था कमजोर बन्दै

2017 Feb 27 12:29 PM 32

विज्ञापन

Birat Cancer Hospital
चार दिनदेखि अनशनमा बसेका पत्रकारको स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाडौं- नेपाल पत्रकार महासंघ सदस्यता अपारदर्शी ढंगले वितरण गरिएको भन्दै सदस्यता शुद्धीकरण गर्नुपर्ने तथा राजनीतिक भागबन्डाका आधारमा महासंघको सदस्यता वितरण रोकेर सदस्यता शुद्धिकरण पछि मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राख्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी पाँचथर शाखाका सदस्य प्रेम अधिकारी आमरण अनशन बसेको चार दिन बित्दासमेत नेपाल पत्रकार महासंघको नेतृत्व बेखबर बनेको छ ।

चार दिनदेखि अनशनमा बसेका पत्रकारद्वयको स्वास्थय अवस्था कमजोर बन्दै गएको छ । पत्रकारद्वय ढुंगाना र अधिकारी अमरण अनशन सुरु गर्दा काठमाडौंमा रहेको महासंघको नेतृत्व उनीहरुको भद्र अवज्ञालाई बेवास्ता गर्दै देश दौडाहमा लागेको छ ।

तर पत्रकारद्वयको स्वास्थ्य अवस्था नाजुक हुँदै गर्दा समेत उनीहरुसँग कुनै छलफल र वार्तासमेत गर्न इच्छा देखाएको छैन । उनीहरुले इलाम र ताप्लेजुङ अधिवेशन विधानविपरीत धाँधलीपूर्ण तरिकाले गरिएको दाबी गरेका छन् ।

त्यसलाई खारेज गरी केन्द्रीय प्रतिनिधिहरु खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गर्नुपर्ने, राजनीतिक भागबन्डाको आधारमा सदस्यता वितरण तत्काल रोक्नुपर्ने, विधानबमोजिम नयाँ सदस्यता नवीकरण र स्थानान्तरणको अन्तिम टुंगो लगाएपछि मात्र महासंघ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन ६ महिनापछि तोक्नुपर्ने लगायत चारबुँदे माग उनीहरुको माग छ, देशान्तरमा खबर छ ।

नेपाल पत्रकार महासंघको उच्च नेतृत्वले नेपाल महासंघको सदस्यता जथाभावी वितरण गर्न लागेपछि नेपाल प्रेस युनियनसँग विवादित जिल्लाको समस्या समाधान गरेर मात्र जिल्ला अधिवेशन गर्ने सहमति गरे पनि इलाममा जबर्जस्ती अधिवेशन गरिएको छ ।

इलाममा नेपाल पत्रकार महासंघको सदस्यता पाएर नगरपालिकामा चौकीदारको काम गर्दै आएका थिए । तर महासंघको नेतृत्व उनीहरुको माग पूरा गर्ने भन्दा पनि अधिवेशनका नाममा जबर्जस्ती नाम टाँसेर आए पनि उनीहरु बाध्य भएर अनशन बस्नुपरेको बताउँदै आएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो