Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

३० हजार लिटर विदेशी मदिरा दैनिक नेपाल भित्रिदै

2017 Feb 28 8:48 AM 53

विज्ञापन

Birat Cancer Hospital
३० हजार लिटर विदेशी मदिरा दैनिक नेपाल भित्रिदै
मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन् । भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने दिनहुँ करिब ३० हजार लिटर विदेशी मदिरा नेपाल भित्रिरहेका छन् । यसबाहेक ‘ड्युटी फ्री’ बाट पनि धेरै विदेशी मदिरा दिनहुँ नेपाल भित्रिने गरेको छ । विदेशी मदिराको आयात र मात्रा मात्र होइन, त्यसका लागि नेपाली रकम विदेशिने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी मदिराको आयात गतवर्ष यही अवधिको तुलनामा १३ प्रतिशतले बढेको छ । ती मदिरा किन्नका लागि विदेशिने रकम भने ६२ प्रतिशतले वृद्धि भएको छ । बियर, वाइन, ह्वीस्की, स्याम्पेन, भोड्कालगायत मदिरा र यस्तै खाले रक्सी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात हुने क्रम बढेको छ । साउनदेखि माघसम्म भएको आयातका आधारमा हेर्दा हरेक दिन नेपालमा ७२ लाख ३५ हजार रुपैयाँको मदिरा भित्रिने गरेको छ । त्यसका लागि आयातकर्ता र उपभोक्ताको थाप्लोमा १ करोड ७ लाख रुपैयाँ राजस्व भार पर्छ । यस आधारमा हरेक दिन विदेशी रक्सीका लागि व्यापारीले राख्ने नाफाबाहेक नेपालीले १ करोड ८० लाख रुपैयाँ खर्च गर्छन् । यो औपचारिक माध्यमबाट भन्सार तथा अन्त:शुल्क तिरेर ल्याएको मदिराको मात्र विवरण हो । कर नतिरी ल्याइने रक्सीको विवरण यसमा समेटिएको छैन । ‘विदेश गएर आउनेले ड्युटी फ्रीबाट ल्याउने मदिरा पनि धेरै हुन्छ,’ नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल भन्छन्, ‘त्यसलाई पनि समेट्ने हो भने तथ्यांक बढी देखिन्छ ।’ उनका अनुसार नेपालको कुल मदिरा कारोबारमा विदेशी मदिराको बजार हिस्सा ३० प्रतिशत मात्र छ । बाँकी ७० प्रतिशत हिस्सा भने स्वदेशी उत्पादनले ओगट्दै आएको छ । व्यवसायीका अनुसार नेपालको कुल राजस्वमा मदिरा व्यवसायबाट मात्र २० प्रतिशत उठ्छ । जनसंख्या वृद्धि र सहरी क्षेत्रमा बढ्दो पश्चिमी सांस्कृतिक प्रभावका कारण विदेशी मदिराका पारखी बढ्दै गएका हुन् । पहिले विवाह, वार्षिक उत्सवलगायत भोजभतेरमा रक्सीको प्रचलन नरहेको भए पनि अहिले यस्तो चलन बढ्दै छ । नेपालमा सबैभन्दा धेरै ह्वीस्की, भोड्का र रम समूहका रक्सी आयात हुने गरेको छ । वाइन दोस्रो धेरै आयात हुने मदिरा हो । तेस्रोमा बियर पर्छ । यसबाहेक मदिरा बनाउन आवश्यक कच्चा पदार्थसमेत विभिन्न मुलुकबाट आयात हुने गरेको छ । नेपालमा सबैभन्दा धेरै मदिरा भारतबाट आयात हुने गरेको छ । भारतबाहेक अमेरिका, अस्ट्रेलिया, बेलायत, क्युबा, मेक्सिको, फ्रान्स, बेल्जियम, पोल्यान्डलगायत विभिन्न मुलुकबाट मदिरा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बियर अमेरिकाबाट आयात भएको देखिन्छ भने वाइन अस्ट्रेलिया, ह्वीस्की भारत र बेलायतबाट आउँछ । मदिराको कच्चा पदार्थ धेरै आयात हुने मुलुक पनि भारत र बेलायत हुन् । साभार: कान्तिपुर

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?