Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
समाचार

सरकारी निर्णयप्रति यातायात श्रमिकको बिरोध, निर्णय फिर्ता गर्न माग

Feb 28, 2017 3:24 PM
सरकारी निर्णयप्रति यातायात श्रमिकको बिरोध, निर्णय फिर्ता गर्न माग
काठमाडौं । नेपाल यातायात मजदुर संघले २० वर्षे पुरानो सार्वजनिक सवारी साधन विस्थापित गराउने सरकारको निर्णय फिर्ता गर्नुपर्ने माग गरेको छ। सबै सवारी साधनहरुका लागि सरकारको समान नीति हुनुपर्ने भन्दै संघले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो। संघले आज मन्त्रालयका सचिव धनबहादुर तामाङ समक्ष २ बुदें ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष अजयकुमार राईले जानकारी दिए । पुराना सवारी साधन विस्थापित गर्नु पूर्व त्यसमा आवद्ध श्रमिकहरुलाई उचित बैकल्पिक व्यवस्था र आवश्यक सुविधा उपलब्ध गराउनु पर्ने संघको माग छ । संघका महासचिव धर्मराज भण्डारीले भने एकपक्षीय ढंगबाट निर्णय भएको बताएका छन् । सरकारको यस अदुरदर्शी निर्णयले सार्वजनिक सवारी साधनमा आवद्ध हजारौं स्वरोजगार श्रमजीवि बेरोजगार हुने उनको भनाइ छ ।
Dhoni Sabuun