Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वन व्यवस्थापन कार्य वैज्ञानिक हुन सकेन

2017 Mar 1 1:30 PM 50

विज्ञापन

Birat Cancer Hospital
वन व्यवस्थापन कार्य वैज्ञानिक हुन सकेन
विराटनगर, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वैज्ञानिक ढंगले नेपालको वन व्यवस्थापन हुन नसकेको बताउनुभएको छ। पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयद्वारा विराटनगरमा आयोजित क्षेत्रीय योजना तर्जुमा गोष्ठीमा उहाँले वैज्ञानिक विधि अनुरुप व्यवस्थापन हुन नसकेको बताउनु भएको हो । वन–जंगल तथा प्राकृतिक स्रोतवाट प्रतिफल प्राप्त गर्न योजना तर्जुमाको महत्वपूर्ण भूमिका रहेता पनि स्रोत साधनको अभावमा व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनुभयो। कर्मचारीको क्षमता अभिवृद्धि हुन नसक्नु, बन डढेलो, जलाधार संरक्षण तथा व्यवस्थापन, जैविक विबिधताको संरक्षण आदि विषय देशको वन व्यवस्थापनमा चुनौतिपूर्ण बनेको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा क्षेत्रीय निर्देशक राजेन्द्र काफ्लेले आगामी योजनामा वन व्यवस्थापन प्रणालीको समय सापेक्ष परिमार्जन गर्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा मन्त्रालयका योजना अधिकृत किशोर चन्द्र गौतमले सरोकारवाला निकायहरुसग समन्वय गर्दै ऐन, नियम तथा नीति निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। गोष्ठीमा कार्यालय व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गर्ने ३ कर्मचारीलाई सम्मानित गरिएको थियो। जिल्ला वन कार्यालय झापाका जिल्ला वन अधिकृत बोधराज सुवेदी, जिल्ला भू–संरक्षण कार्यालय तेह्रथुमका अधिकृत राजकुमार रोका, कोशी टप्पु वन्यजन्तु आरक्षण सुनसरीका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहलाइ मन्त्रालयका सचिव माथेमाले प्रशंसापत्र प्रदान गर्नुभएको थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?