Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विद्युत् चोरी नियन्त्रण अभियानबाट उठ्यो १ अर्ब २५ करोड रुपैया, तराई-मधेस अत्यधिक बिजुली चोरी हुने क्षेत्र

2017 Mar 2 11:59 AM 41

विज्ञापन

Birat Cancer Hospital
विद्युत् चोरी नियन्त्रण अभियानबाट उठ्यो १ अर्ब २५ करोड रुपैया, तराई-मधेस अत्यधिक बिजुली चोरी हुने क्षेत्र
काठमाडौं । चालू आर्थिक वर्ष ०७३-७४को पहिलो ६ महिनामा विद्युत् चोरी नियन्त्रण अभियानबाट  नेपाल विद्युत् प्राधिकरणले १ अर्ब २५ करोड रुपैया“ उठाएको छ । गत आर्थिक वर्ष ०७२-७३को पुसमा ग्राहक तथा वितरणतर्फको चुहावट २०.३८ प्रतिशत रहेकोमा यस वर्ष ३.६३ प्रतिशतले घटेर १६.७५ प्रतिशतमा झरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । घिसिङले चुहावट नियन्त्रणबाट दैनिक ४ लाख ६० हजार युनिट विद्युत् बचिरहेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्माले निर्देशन दिएपछि प्राधिकरणले मुलुकभर चुहावट नियन्त्रण अभियान चलाएको छ । प्रसारण लाइनबाट डाइरेक्ट हुकिङ, घरमा राखिएको मिटर नै रिडिङ गर्न नदिने, पुराना मिटरलगायतबाट बिजुली चोरी हुने गरेको छ । कतिपय ठाउँमा प्राधिकरणका कर्मचारीकै मिलेमतोमा चोरी हुने गरेको छ । विद्युत् चोरीमा सघाउने प्राधिकरणका केही कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । चुहावटलाई नियन्त्रण गर्न ग्राहक तथा वितरण केन्द्रका एक तहदेखि ५ तहसम्मका २ हजार ५ सय कर्मचारीलाई एकैपल्ट प्राधिकरणले सरुवा गरेको थियो । प्राधिकरणका अनुसार सबैभन्दा बढी बिजुली चोरी तराई-मधेसमा हुने गरेको छ । प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका धनुषा, महोत्तरी, रौतहट, सप्तरी, पर्सालगायतका जिल्ला अत्यधिक बिजुली चोरी हुने क्षेत्र हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?