Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तरीमा प्रजिअ सहित सुरक्षा प्रमुखलाई कारबाही, शहीद घोषणा नगरुन्जेलसम्म शव नउठार्इने मोर्चाको घोषणा

2017 Mar 7 4:59 PM 40

विज्ञापन

Birat Cancer Hospital
सप्तरीमा प्रजिअ सहित सुरक्षा प्रमुखलाई कारबाही, शहीद घोषणा नगरुन्जेलसम्म शव नउठार्इने मोर्चाको घोषणा
सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच झडपका क्रममा भएको मानवीय क्षतिको घटनापछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएर कारबाही गरेको छ । उनीहरुलाई कुशलताका साथ कार्य सम्पादन गर्न नसकेको भन्दै कारबाही गरिएको हो । गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो । करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा सुरक्षा निकायका प्रमुखहरुले घटनाबारे जानकारी गराएका थिए ।
सोमवार एमालेको मेची महाकाली अभियानलार्इ अवरोध गर्न खोज्दा प्रहरीको गोली लागि ४ जना मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो।मृतकका परिवारलार्इ क्षतिपूर्ति र शहीद घोषणा नगरुन्जेलसम्म शव नउठार्इने मोर्चाले जनाएको छ। मोर्चाले बन्दको कार्यक्रमलार्इ अझ सशक्त वनाउने भएको छ।
चाँडो भन्दा चाँडो घाइतेको उपचार गर्नुपर्ने साथै क्षतिपुर्ति दिनुपर्ने माग राखेका छन्। गोली चलाउने जिल्ला प्रहरी कार्यलयका एसपी, सशस्त्रका एसपी र प्रमुख जिल्ला अधिकारीलको निलम्बनको माग समेत उनीहरुले गरेका छन् । बन्दकर्ताले राजविराजमा राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् । त्यस्तै, लाहानमा नेपाल  टेलिकम र नगरपालिकाको कार्यालयमा समेत मोर्चाका कार्यकर्ताले तोडफोड गरेका थिए। मोर्चाले म‌ंगलवारदेखि तरार्इका जिल्लामा बन्दको आह्वान गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?