Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गुणस्तरीय प्राविधिक शिक्षाका लगि भारत जानु आवश्यक छैन, हामी न त गुणस्तरमा कम्प्रमाइज गछौं न त दक्ष अध्यापकमा; अमित सुराना

2017 Mar 23 1:09 PM 33

विज्ञापन

Biratkhavar
गुणस्तरीय प्राविधिक शिक्षाका लगि भारत जानु आवश्यक छैन, हामी न त गुणस्तरमा कम्प्रमाइज गछौं न त दक्ष अध्यापकमा; अमित सुराना

इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले स्नातकोत्तर तह शुरु गर्ने तयारी गरेको छ। पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले वाटर सप्लाई, इनफरमेसन सिस्टम, हाइड्रोपावर, कन्सट्रक्सन मेनेजमेन्ट र अर्थक्वेक इन्जीनियरिङमा  स्नातकोत्तर तह राख्न तयारी थालेको हो । कलेजले विइ सिभिल, विइ कम्प्युटर, विइ इलेक्ट्रोनिक र कम्युनिकेशन विषयमा स्नातक तह गराउँदै आएको छ । १६ बर्षदेखि पुर्वाञ्चलमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको कलेजका प्रिन्सीपल अमित सुरानासँग विराटखबरकालागि विपी कोइरालाले गरेको कुराकानी । के मा व्यस्त हुनुहुन्छ ? कलेजको व्यवस्थापकीय जिम्मेवारी त छँदैछ साथ–साथ शैक्षिक कार्यक्रमहरुलाई सफलता पुर्वक सम्पन्न गर्ने विषयमा गृहकार्यमा जुटेको छु ।

कलेजले के कस्ता नयाँ कार्यक्रमहरु ल्याउँदैछ ? इन्जिनियरिङ विषयको स्नातक तह सम्म अध्यापन गराउँदै आएको हाम्रो कलेजले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तह ल्याउँदैछ । त्यसका लागि पुर्वाञ्चल विश्व विद्यालयमा हामीले प्रपोजल दिइसकेका छौं । यस अन्तर्गत मास्टर्स इन वाटर सप्लाई, इनफरमेसन सिस्टम, हाइड्रोपावर, कन्सट्रक्सन मेनेजमेन्ट र अर्थक्वेक इन्जीनियरिङमा विषयहरु छन् ।

नयाँ शैक्षिक सत्र नजिकिदैछ, कलेजले विद्यार्थीहरुका लागि कस्ता स्किम ल्याउँने तयारी गर्दै छ ? आगामी श्रावण महिनाबाट नयाँ सेक्सन शुरु हुँदैछ । हामीले उच्च माध्यमिक तहको मार्कसिट हेरेर अधिक प्रतिशत प्राप्त गर्ने विद्यार्थीहरुलाई छुट दिदै आएका छौं। टपरलाई शत प्रतिशत छुटको व्यवस्था छ । महिलाहरुलाई ८० प्रतिशत सम्म छुटको व्यवस्था छ । ७० प्रतिशत भन्दा अधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई ८० प्रतिशत छुटको व्यवस्था छ । हामीले १० प्रतिशत छात्रवृत्ति  जसमध्ये आर्थिक अवस्था कमजोर भएकाहरुलाई ५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौं ।  प्रतिष्पर्धाको यो समयमा प्राविधिक शिक्षामा १ नम्बरमा उपस्थित हुने योजना सहित सिलेभस बाहेकका अनेकौं व्यवहारीक र फिल्ड कार्यक्रमहरुको योजना बनाउने क्रममा छौं ।

प्राविधिक कलेजहरुको संख्या बढ्दो क्रममा छ । विद्यार्थीहरुले कलेज कसरी छनौट गर्ने ? म हाम्रै कलेज आउनुहोस भन्दिन । म के भन्छु भने सबै कलेजको विगतको पृष्ठभूमिलाई गहिराइमा अध्ययन गर्नुहोस । हामि विगत १६ बर्षदेखि कलेज सञ्चालन गर्दै आएका छौं । हामीले विद्यार्थीको मनस्थिती बुझेका छौं । विद्यार्थीहरुलाइ म के आग्रह गर्न चाहन्छु भने कलेजको संरचना, ल्याब र प्राक्टिकल अध्यापनको गुणस्तर, विगतमा पास भएर गएका विद्यार्थीहरुको वर्तमान स्थितीको मूल्यांकन गर्नुहोस कलेजको आफैं मूल्याङन भइहाल्छ ।

इस्टर्न कलेज अफ इन्जिनियरिङको उत्पादन चाहीँ कस्तो छ नी ? यहाँबाट उत्पादन भएका अधिकांश विद्यार्थीहरु आत्मनिर्भर भइसकेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा रहेर कार्य गर्दै  छन् । कतिपय विद्यार्थीहरुले आफ्नै वनरसिमा काम गर्दै आएका छन् । हामीले दक्ष विद्यार्थी उत्पादनका लागि प्रवेश परिक्षामा नै कडाइ गर्ने गरेका छौं । विद्यार्थीको वौद्धिक स्तरका आधारमा विद्यार्थी छनौट हुने भएकाले उनीहरुलाइ रोजगारीमा कुनै समस्या हुँदैन ।

विद्यार्थीहरुको प्रयोगात्मक पक्षलाई कलेजले कसरी हेर्दै आएको छ ? हाम्रो प्रमुख जोड नै प्रयोगात्मक पाटो हो । SAP, Land Development, PHP, Ardino, Autocad जस्ता ट्रेनिङ गराउँछौ जसमा उनीहरुलाई दक्ष बनाउन बौद्धिक क्षमता अनुसार रिभिजन तथा प्रोजेक्टहरुको व्यवहारीक अभ्यासमा जोड दिन्छौं ।  अर्को प्रमुख विषय भनेको हामी कलेज भित्र हैन धेरै भन्दा धेरै समय कलेज बाहिर सम्बन्धित विषय अनुसार देश तथा बिदेशका विभिन्न स्थानमा पुर्‍याई प्राक्टिकल ज्ञान दिने कुरालाई प्राथमिकतामा राखेका छौं । यस पटक देखि फिल्ड स्टडीलाई नयाँ ढंगले लाने विषयमा योजना बनिरहेको छ । प्राविधिक शिक्षाको लहरसँगै पढ्नका लागि भारत जाने क्रमले नेपाली गुणस्तरलाई चुनौति दिएको हो ? पक्कै पनि विगतलाई हेर्दा भारत प्राविधिक विषयमा अघि थियो तर ग्लोवलाइजेसनको यो दौडमा प्रविधिसँग प्रतिष्पर्धा गर्न सकेन भने प्राविधिक शिक्षा सँधै पछि पर्छ । हामी विद्यार्थीहरुलाई खुला रुपमा भन्छौ, आउनुहोस हाम्रो देशका कलेजहरुको प्राविधिक ल्याब हेर्नुहोस । हामी न त गुणस्तरमा कम्प्रमाइज गछौं न त दक्ष अध्यापकमा ।

तर अझै पनि भारत जाने क्रम रोकिएको छैन नि ? यसको  प्रमुख कारण देशको राजनीतिक अवस्था हो । विगत लामो समयदेखि नेपालको राजनीतिमा देखिएको अस्थिरताले  विद्यार्थीहरुमा एक हदसम्म निराशा देखिएको थियो । बन्द र हडतालले ४ बर्षको कोर्ष पुरा हुन ५ बर्ष भन्दा अधिक लाग्दथ्यो। तर अब स्थिति सहज छ । गुणस्तरीय शिक्षाका लगि भारत जानु आवश्यक छैन ।

अन्त्यमा विद्यार्थीहरुका लागि के भन्न चाहनुहुन्छ ? प्राविधिक शिक्षाको भविष्य कति उज्वल छ भन्ने वारेमा विद्यार्थीहरुले आफैं धेरै कुरा बुझिसकेका छन् । विकासको गतिमा रहेको नेपालमा त अझ अवसरहरु भरपुर रहेका छन् । मल्टिनेशनल कम्पनिहरु पनि भित्रिने क्रममा छन् । हामी शिक्षामा गुणस्तरसँग कुनै सम्झौता गर्दैनौ । विद्यार्थीहरुलाई राम्रो अध्ययन गरेर मात्र कलेज छनौट गर्न म आग्रह गर्दछु। विद्यार्थीहरु आफै पनि समझदार छन् । मलाई आशा छ विद्यार्थीहरुले पनि गुणस्तरीयता अध्ययन गरेर मात्र कलेजको छनौट गर्नेछन्।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु