Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यसरी छान्दै छ एमालेले स्थानीय तहमा उम्मेदवार

2017 Mar 24 10:52 AM 46

विज्ञापन

Birat Cancer Hospital
यसरी छान्दै छ एमालेले स्थानीय तहमा उम्मेदवार
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र कार्यविधि बनाएको छ । बिहीबार बसेको स्थायी समिति बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीका तर्फबाट छनोट गरिने उम्मेदवारहरूका लागि सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको हो । अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बसेको बैठकले केन्द्रको प्रत्यक्ष निर्देशनमा स्थानीय राजनीतिक शक्ति सन्तुलनका आधारमा अन्य राजनीतिक दलसँग तालमेलको ढोका खुल्लै राख्ने नीतिसमेत बनाएको छ । सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले उम्मेदवार छनोटको मापदण्ड र कार्यविधि पारित भएको जानकारी दिँदै बैठकले चुनावी अभियानलाई तीव्रता दिने निर्णय भएको बताए । यस्तो छ एमालेको चुनावी तालमेलको नीति एमालेले स्थानीय तहमा पार्टीलाई बहुमतसहित पहिलो स्थानमा पु¥याउन तालमेलको नीतिसमेत अख्तियार गर्ने भएको छ । स्थायी समिति बैठकले केन्द्रको प्रत्यक्ष निर्देशनमा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने नीति पारित गरेको हो । ‘सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र सम्भाव्य परिणामलाई ध्यान दिँदै अन्य राजनीतिक दलसँग आवश्यकताअनुसार तालमेल र समन्वयको पहल गर्ने । तर त्यसका लागि केन्द्रको निर्देशन पालना गर्नुपर्नेछ,’ एमालेको चुनावी तालमेलसम्बन्धी नीति र योजनामा भनिएको छ । बागी उठ्नेलाई पाँच वर्षसम्म निलम्बनको कारबाही एमालेले पार्टी निर्णयलाई चुनौती दिएर बागी उम्मेदवार बन्नेमाथि कडाइका साथ अनुशासनको कारबाही गर्ने नीतिसमेत पारित गरेको छ । पार्टीले निर्णय गरेको आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्नेलाई पार्टीको आन्तरिक निर्वाचन र सार्वजनिक प्रकृतिका निर्वाचनमा भाग लिन नपाउने गरी कारबाही गर्ने नीति पारित गरिएको स्थायी समितिका एक नेताले बताए । २ नम्बर प्रदेशमा तीन ठूला सभा मधेसी मोर्चाको अवरोधका कारण तराईको २ नम्बर प्रदेशमा स्थगित मेची–महाकाली अभियानलाई एमालेले पुनः निरन्तरता दिने भएको छ । चैत मसान्तभित्रै धनुषाको जनकपुर, सिरहाको लहान तथा बारा, पर्सा र रौतहट समेटिने गरी तीन ठूला आमसभाको तयारी गर्ने स्थायी समितिले निर्णय गरेको हो । सभाअघि महोत्तरीको बर्दिबासमा २ नम्बर प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला आयोजना गरिने जनाइएको छ । केन्द्रमा परिचालन समिति एमालेले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा निर्वाचन परिचालन कमिटी बनाएर चुनावी अभियानलाई तीव्रता दिन मतदाता शिक्षा अभियान चलाउने निर्णय गरेको सचिव तथा प्रचार विभागका प्रमुख भट्टराईले बताए । आर्थिक परिचालन, धाँधली रोक्न स्वयंसेवक, मतदाता परिचयपत्र अद्यावधिक, निर्वाचन आचारसंहिता पालनका सम्बन्धमा निर्वाचन आयोग र प्रशासनसँग समन्वयका लागि आवश्यकताअनुसार उपसमितिहरू पनि बनाइने जनाइएको छ । यस्ता छन्, उम्मेदवार छान्ने सातबुँदे मापदण्ड १. पार्टीप्रति प्रतिबद्ध, निष्ठावान् र अनुशासित २. असल आचरणयुक्त र भ्रष्टाचार नैतिक पतन देखिने काममा संलग्न नभएको र सार्वजनिक प्रतिष्ठामा आँच पुग्ने काममा संलग्न नभएको ३. जनतामाझ परिचित र लोकप्रिय ४. जनसेवी, घुलमिल, सामाजिक सेवाका काममा सकारात्मक भूमिका खेल्न सक्ने ५. निर्वाचनमा विजयका लागि सर्वाधिक अनुकूल व्यक्ति ६.  स्थानीय विकासमा रुचि राख्ने र सही दृष्टिकोण प्रस्तुत गर्न सक्ने ७.समावेशितालाई ध्यानमा राख्ने यस्ता व्यक्ति अयोग्य -पार्टीको विधि र संस्थागत प्रणाली अनुसरण नगर्ने – लेबी नबुझाएको, पार्टीको निर्देशन पालना नगरेको – अनुशासनको कारबाहीमा परेको – बागी उम्मेदवारलाई सहयोग गरेको व्यक्ति यसरी छानिँदै छन् उम्मेदवार १. गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख प्रदेशबाट एमालेले गाउँ, नगर, उपमहानगरको वडा अध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने निर्णय गरेको छ । त्यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखको सिफारिस सम्बन्धित कमिटीको सिफारिस, जिल्ला कमिटीको सुझाबमा प्रदेश संगठन कमिटीले छान्ने निर्णय गरेको सचिव तथा संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।  २. केन्द्रले महानगर र उपमहानगरको मेयर छान्ने स्थायी समितिले उपमहानगरपालिका र महानगरपालिकाको मेयर र उपमेयर भने पार्टी केन्द्रीय कमिटीले छान्ने निर्णय गरेको छ । ‘जिल्ला कमिटीको सिफारिस र प्रदेशसमेतको राय लिएर केन्द्रीय कमिटीको निर्णयमा महानगर र उपमहानगरको मेयर र उपमेयर छानिनेछन्,’ सचिव तथा संगठन विभागका प्रमुख गुरुङले भने । साभार : नयाँ पत्रिका

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो