Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मदिरा डिलर र इन्जिनियरिङ पेशा छाडेर नशामुक्ति अभियानमा

2017 Mar 24 2:54 PM 50

विज्ञापन

Biratkhavar
मदिरा डिलर र इन्जिनियरिङ पेशा छाडेर नशामुक्ति अभियानमा

            निशूल्क र निस्वार्थ भावले हजारौंलाई नशामुक्त गरेका छौ; योगेश श्रेष्ठ

भगवती मानव कल्याण संगठन

१५ बर्ष लामो इन्जिनियरिङ पेशाको अनुभव छाडेर बिराटनगर स्थित बरगाछीका योगेश श्रेष्ठले आफ्नो जिवन समाज कल्याणमा समर्पित गरेका छन् । अझ रोचक विषय के छ भने ठुलो लगानीको स्वदेशी तथा विदेशी मदिराको डिलर खोलेर लाखौंको आम्दानी गरिरहेका उनले अचानक मदिरा व्यापार छाडेपछि उनका आफन्तजन त हैरान भए नै उनका साथिभाईहरु आश्चार्य चकित नभइ रहन सकेनन् । आफैं मदिरामा मस्त हुने श्रेष्ठ नशामुक्त जिवन अपनाऔ जिवन आफ्नो सफल बनाऔं भन्दै देशलाई नै नशामुक्त गर्ने लक्ष्यमा लागेका छन् । कसरी आयो त उनमा यस्तो परिवर्तन ? कसरी सफल हुन्छ उनको अभियान ? यसै विषयमा आधारित रहेर उनै योगेश श्रेष्ठसँग विराटखबरले गरेको कुराकानी ।

तपाईको चर्चा मिडिया सम्म आइपुगेको छ । तपाई आफ्नो बारेमा पाठकलाई कसरी परिचित गराउन चाहनुहुन्छ ? हेर्नुस चर्चा मेरो होइन, त्यो समाजको गर्नुहोस जुन समाज नशामा ग्रसित छ, नशामा डुबेको छ । देशका अधिकांश अपराधिक घटनाहरु नशाको कारणले हुन्छ भन्ने कुरा छर्लङ्गै छ । प्रमाणित भइसकेको कुरा हो यो तर सरकार आफैं जनतालाई नशेडी बनाईरहेको छ। आज समाजमा हेर्नुहोस त, च्याउसरी छ्याप्छ्याप्ती मदिरा पसलहरु खुलेका छन् । स–साना किराना पसलहरुमा खुलेयाम मदिरा पाइन्छ । नशाजन्य पदार्थको अबैध विक्रिबितरण खुलेयाम भइरहेको छ । नियमनकारी निकायहरु, स्थानिय प्रशासन तथा प्रहरी कार्यालयको आसपासमै अबैध मदिरा बिक्रिबितरण भइरहेको छ । न त यो बिषयमा पत्रकार गम्भिर छन न त प्रशासन नै ? अब हामी नागरिकहरु सचेत नभए समाजको पतन हुने निश्चित छ ।

नशामुक्त अभियानमा लाग्नुभएको छ । यो कस्तो अभियान हो ? सरकारले एकतर्फ नशाजन्य पदार्थ उत्पादनका लागि धमाधम अनुमति दिइरहेको छ, अर्कोतिर त्यही नशा सेवन गरेर रोगी भएकाहरुका लागि स्वास्थ्य क्षेत्रमा दशौं गुना लगानी गरिरहेको छ । एकातिर नशाजन्य पदार्थ उत्पादनको अनुमतिले समाजमा अपराधिक घटनालाई सरकार आफैं प्रश्रय दिइरहेको अर्कोतिर अपराधिक घटना निर्मुल गर्न भन्दै त्यसको दशौं गुना अनावश्यक रुपमा सरकारी कोषबाट जनताको पैसा बर्बाद गरिरहेको छ । हाम्रो अभियान समस्याको मुल जरो खनेर फ्याल्ने हो । हाम्रो अभियान घरदैलो गएर जनजागरण गर्दै आध्यात्मिक चेतना तरंगको माध्यमले विकृत मनस्थिती हटाएर वैचारिक परिवर्तन ल्याउनु हो । हामी सफल हुँदै गएका छौं ।

अभियान कसरी अघि बढिरहेको छ ? भगवती मानव कल्याण संगठनले अध्यात्मिक समाज निर्माण हेतु बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।त्यसै अन्तर्गतको “नशामुक्त नेपाल, खुशीयाली नेपाल” अभियान मार्फत हामी आफैं नशामुक्त, मांसाहार मुक्त र चरित्रवान जिवन जिउँदै समाजलाई सोही मार्गमा अघि बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । ऋपि परम्परालाई अंगाल्दै आध्यात्मिक दिव्य चेतना तरंगको माध्यमबाट नेपाल र भारत गरि ५० लाख भन्दा बढिलाई नशामुक्त गर्नुभएका योगिराज श्री शक्तिपुत्रजी महाराजको निर्देशनमा समाजलाई नशामुक्त गर्दै आएका छौं ।

नशामा लामो समयमा डुबेकाहरुलाई कसरी नशामुक्त गर्नुहुन्छ ? नशामुक्त समाज निर्माणको लक्ष्य अन्तर्गत नशाजन्य पदार्थ (जाँड–रक्सी, चुरोट, बिँडी, खैनी, पान, सुुपारी, गुट्खा, गाँजा, भाङ, चरेस, अफिम, हेरोइन, सिरिन्ज, ट्याब्लेट, डेनलाइट आदि) बाट ग्रसित ५० लाख भन्दा बढी व्यक्तिहरुलाई नशामुक्त हुन प्रेरित गर्दै, संकल्पित गराउँदै, तपस्यात्मक ऊर्जा प्रदान गर्दै विशिष्ट चेतना तरंगको माध्यमबाट पूर्ण नशामुक्त गरिएको छ। यसमा नशा गर्ने व्यक्तिमा क्रमिक रुपमा चेतना स्तर बढ्दै जान्छ साथै उसले नशाजन्य पदार्थ मात्र नभएर खराव प्रवृत्तिलाई पनि छाडदै जान्छ । मानसिक यातना, पिडा तथा अत्याधिक तनावका कारण आत्महत्या गर्ने परिस्थिती सम्म पुगेकाहरु आज आनन्दित जीवन विताइरहेका छन् ।

तपाइहरु घरदैलो गएर नशामुक्ति कार्यक्रमहरु गर्नु हुन्छ, कसैले आफ्नो घरमा कार्यक्रम गराउनु पर्दा के गर्नुपर्छ? यो निशुल्क रुपमा गरिने आध्यात्मि कार्यक्रम हो । आवश्यक सबै सामग्रीहरु हामी आफै लिएर आउछौं । न त कुनै ठुलो आयोजना गर्नु पर्छ न त कुनै व्यवस्थापन । तपाइ घरमा जे जस्तो अवस्थामा हुनुुहुन्छ त्यही अवस्थामा हामी आएर हामी कार्यक्रम सम्पन्न गरेर जान्छौं । कुनै पनि प्रकारले हामी दान, दक्षिणा, चन्दा, शुल्क लिदैनौं। यो पूर्णतया नि:शुल्क कार्यक्रम हो ।

अभियानको प्रभाव कस्तो छ ? अभियान अन्तर्गत टंकिसिनुवारी, भाथिगछ, मलहङवा, बखरी, खोरिया लगायत बिराटनगरका बिभिन्न स्थानबाट संगठनले सयौं व्यक्तिलाई नशामुक्त गराइसकेको छ । हिजो सम्म २४ घण्टा नशामा डुबेका मानिसहरु आज भगवतीको आरधक भएर “नशामुक्त जीवन अपनाऔं, जीवन आफ्नो सफल बनाऔं भन्दै जनजागरण गरिरहेका छन् । नशामुक्ति अभियान अन्तर्गत काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे, मोरङ्ग, पाल्पा, सप्तरी, सुनसरी, लगायतका जिल्ल्लाहरुबाट पछिल्लो १ बर्षमा सयौं व्यक्तिहरु पुर्ण रुपमा नशामुक्त भइसकेका छन् । हजारौको जिवनमा क्रमिक सुधार भइरहेको छ। यस्तै नशामा डुबेका दर्जनौ व्यक्तिहरु नशामुक्त भएर समाज सुधारमा संलग्न भएका छन्। हामी मात्र परिवर्तन भएर पनि भएन। भोलो हाम्रै बहिनी, छोरी चेलीहरु बिवाह गरेर दिनुपर्दा कुन नशेडीको घरमा पर्ने हो पक्का छैन् । कस्तो परिवार पर्ने हो टुंगो छैन । छिमेकमा नशा सेवन गरेर होहल्ला मच्चाइन्छ त्यसको अषर पनि हामी आफैंलाई पुग्छ । अत समाजलाइ पनि परिवर्तन गर्ने दिशामा अघि बढेका छौं ।

तपाई त नेवार समुदायको मान्छे, तपाईको परिवारमा कस्तो प्रभाव पर्‍यो ? नेवार समुदायको संस्कारमा भिमसेनलाई मदिरा र अण्डा चढाउनुपर्छ । जुन घरमा नशाको सेवन गरिन्छ, त्यो घरमा दशा निम्तन्छ। धर्म, संस्कारको नाममा पशुबली दिने, मदिरा सेवन गर्ने, समाजलाई हिंसक बनाउने यो कस्तो आडम्बर देखिदैछ समाजमा । प्रकृतिले मानव शरिरको संरचना नै शाकाहारी भोजनका लागि बनाएको भन्ने कुरा बैज्ञानिक रुपमै प्रमाणित हुन्छ । हामी प्रकृतिको बिपरित हिडेपछि समाज कसरी सही मार्गमा अघि बढ्छ । देवीको नाममा पशुवली दिने यो समाजले बुझ्न सकेन कि हामी भित्रको पशु प्रवृत्ति र अवगुणलाई बलि दिने कुरालाई कसरी समयकालमा गलत व्याख्या गरियो समाजले बुझ्न सकेन । शिवको नाममा गाँजा खाने यस्तो विकृत मानसिकतामा छ समाज । शिवले त अरुलाई बचाउन कल्याणको भावनाले विषपान गरेका थिए । आफ्नै बिकृत मानसिकता अनुरुप समाजले आफुअनुकुल धर्मलाई भ्रष्ट बनाउँदै लगिरहेको छ। अहिले मेरो परिवारले संगठनको विचारलाई स्वीकार गरिसकेको छ। सत्य कुरा समाजले पनि स्वीकार्ने छ।

नशामुक्त हुन चाहनेहरुलाई के भन्न चाहनुुहुन्छ ? हामीले पनि विगतमा नशा सेवन गरेकै हौं । विभिन्न प्रकारका नशाजन्य पदार्थ छाडेर अहिले समाजलाई नशामुक्त गर्ने अभियानमा हजारौंको संख्या खुल्ला हृदयले अघि बढिरहेको छ ।समाजलाई नशामुक्त गर्न जनचेतना फैलाउने तथा सरोकारवाला निकायलाई खबरदारी गरी देशलाई नशामुक्त गर्ने यो विशाल अभियानमा सहभागि हुन हामी सबैलाई आग्रह गर्दछौं । तपाई वा तपाइको परिवार नशाबाट ग्रसित छ भने ९८५२०३३५६०, ९८५२०३२३६०, ९८४२८५१६४० मा सम्पर्क गर्न सक्नुहुनेछ । हामी हरक्षण समाजकल्याणमा समर्पित छौं ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु