Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तरीको फत्तेपुरवासी पानीको अभावमा

2017 Mar 25 3:51 PM 29

विज्ञापन

Birat Cancer Hospital
सप्तरीको फत्तेपुरवासी पानीको अभावमा
https://www.youtube.com/watch?v=2AWYbgPd_xI नेपालकै जेठो नहर चन्द्रनहरको नजिकै रहेको सप्तरीको फत्तेपुरवासी पानीको अभावका कारण मर्कामा परेका छन्। नगरपालीका बनिसक्दा समेत नगरवासी खानेपानीको पर्खाइमा रहेका छन् । नेपालको सबैभन्दा पुरानो नहर हो चन्द्र नहर । १२ महिना त्रियुगाको पानी बगिरहँदा नजिकै रहको गाउँ पानी अभावमा बत्ति मुनिको अँध्यारो बनेको छ । सप्तरी र उदयपुर जिल्लाको सीमानामा पर्ने फत्तेपुरको खोरियाटोलका सर्वसाधारण यतिबेला दैनिक प्रयोगमा आवश्यक पर्ने पानी नहुँदा मर्कामा परेका छन्। सुख्खा क्षेत्र समेत रहेको यो स्थानमा दर्जनौ फिट गहिराइबाट समेत ट्यूवेलमा पानी नआएपछि विगत दशकौं देखि उनीहरुले पानीको लागी कोषौ दुर जानुपरेको थियो। बिगत केही बर्षयता स्थानियले नजिकै रहेको अमाहा खोला र जुटपानीबाट एकतृत गरेर घर घरमा जडान गरिएको नलबाट दैनिक प्रयोजनका लागि पानीको व्यवस्था गरेका थिए ।  तर अहिले  ति खोलाहरु पनि सुक्दै गएका छन । भिरालो ठाउँमा रहेको यो सुख्खा क्षेत्रमा व्यवस्थित पानीको लागि कतैबाट पहल हुन नसक्दा समस्या भएको स्थानियको भनाइ छ । पीउने पानीका लागि केही दुरीमा रहेको ट्यूवेलबाट लामो लाइन बसेर पानी भर्नुपर्ने सर्वसाधारणको वाध्यता रहेको छ । पशुपालन तथा कृषि पेशामा निर्भर रहेका उनीहरु जम्मा गरेको पानी हप्तौ सम्म राखेर प्रयोग गरिरहेका छन् । यो सुख्खा क्षेत्रमा रहेका जनतालाइ पशुपालन तथा खेतिबारीका लागि पानीको धौ धौ परेको छ। कपडा धुन समेत साइत जुराउनुपर्ने अवस्था सृजना भएको गुनासो छ । स्थानियले सरोकारवाला निकायलाइ पहल नगरेका पनि होइनन् । तर कहि कतै समाधानमुखी प्रतिक्रिया नआएको स्थानिय अगुवाहरु बताउँछन् । सप्तकोशी नगरपालीकमा पर्ने फत्तेपुरका सयौं घरहरु पानीको समस्या झेलिरहेका छन्। १ ट्यूवेलमा २२ घरले पानीको प्रयोग गर्नुपर्ने अवस्था छ यहाँ । बिना मापदण्ड नगरपालीका घोषणा गर्न हतारो गर्ने सरकारले जनताको आधारभूत आवाश्यता पुरा गर्न तत्काल नलागे जनताको निराशा आक्रोसमा परिणत हुने निश्चित छ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो