Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तकोशीका डल्फिन संक्रमित

2017 Mar 30 1:37 PM 52

विज्ञापन

Birat Cancer Hospital
सप्तकोशीका डल्फिन संक्रमित
विराटनगर । दुर्लभ र लोपोन्मुख जन्तुको सूचीमा सूचीकृत डल्फिनको प्राकृतिक बासस्थान जोखिममा रहेको टिप्पणी भइरहेका बेला सप्तकोशी नदीका अधिकांश डल्फिन संक्रमित अवस्थामा फेला परेका छन्। सो क्षेत्रमा रहेका १ दर्जन वयस्क ‘ग्याङ्गेटिक रिभर डल्फिन’मध्ये अधिकांशको छालामा संक्रमण देखिएको छ। डल्फिनको छालामा कालो धब्बासहित स–साना घाउ भेटिएको छ भने केहीको छाला चिरिएको र केहीको चुच्चोमा समेत असर परेको पाइएको छ। ‘कोशीका लगभग आधा डल्फिनको छालामा संक्रमण भएको देखियो, डल्फिन अनुसन्धाता शम्भु पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘२ वटा डल्फिनको चुच्चो ‘ज’ समेत भाँचिएको भेटियो।’ उहाँका अनुसार ५ वटा डल्फिनको छालामा संक्रमण देखिएको छ भने २ वटाको माथिल्लो र मुनिको चुच्चो भाँचिएको छ। अध्ययन कोशी ब्यारेजदेखि करिब २ किलोमिटर दक्षिणतर्फ केन्द्रित थियो। बढ्दो मानवीय गतिविधि र अवैधरूपमा माछा मार्न प्रयोग हुने विभिन्न किसिमका जाली र उपकरणको प्रयोगका कारण डल्फिनको विचरण क्षेत्र साँघुरिएपछि यस्तो घटना बढेको पौडेलले बताउनुभयो। ‘चुच्चोको कारणले आफ्नो समूहलाई आवाज निकालेर सञ्चार गर्ने डल्फिनले चुच्चोकै कारणले आफ्नो मुख्य आहारा (माछा)को शिकार गर्ने ‘सेन्सर’को काम समेत गर्छ, तर प्राकृतिक विचरण क्षेत्रमा अतिक्रमण बढेपछि कोशीका डल्फिन संकटमा परेका छन्।’ –उहाँले भन्नुभयो। पौडेल नेतृत्वको एक साता लामो प्रत्यक्ष अध्ययन⁄अवलोकनमा हङकङका विज्ञ ग्रान्ट अवेलसहित स्थानीय बासिन्दाले सघाएका थिए। सो अध्ययन कोशी व्यारेजदेखि २ किलोमिटर दक्षिणतर्फ केन्द्रित थियो। वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक पौडेल मुलुकका प्राकृतिक बासस्थानमा रहेका ग्याङ्गेटिक डल्फिनको विचरण क्षेत्र र डल्फिनको आनीबानीबारे अमेरिकाको युनिभरर्सिटी अफ एरिजोनाबाट विद्यावारिधी गरिरहनुभएको छ। यसअघि गत भदौमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन), राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायले गरेको राष्ट्रिय स्तरको गणनामा कर्णालीको मोहना, सप्तकोशी र नारायणीमा ४ दर्जन बयस्क डल्फिन फेला परेका थिए। त्यसमध्ये कोशी व्यारेजदेखि भारतीय सीमा क्षेत्रको गोबरगाढाको ७ किलोमिटर दूरीभित्र १ दर्जन डल्फिन फेला परेका थिए। साभार: नेपाल समाचारपत्र

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?