Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुकुना क्याम्पसको २५ औ बर्षगांठमा रजत महोत्सब राष्ट्रपति भण्डारीद्धारा महोत्सब समापन

2017 Apr 15 11:03 AM 50

विज्ञापन

Birat Cancer Hospital
सुकुना क्याम्पसको २५ औ बर्षगांठमा रजत महोत्सब राष्ट्रपति भण्डारीद्धारा महोत्सब समापन
अबिजाल बिष्ट, बिराटनगर । राष्ट्रपति बिद्यादेवी भण्डारीले दलहरुको सहमतिमा तोकिएकै समयमा स्थानिय निकायको चुनाब गर्नु पर्ने अहिलेको सरकारको दायित्व रहेको बताएकी छिन् । सवै दलहरु सहमतिमा आई मतदान गर्न पाउने नागरिकको अधिकार उपयोग गर्न दिलाउनु पर्ने राष्ट्रपतिको भनाई रहेको छ । राष्ट्रपति भण्डारीले सबै दल सहमतिमा आई कोहि पनि मतदान गर्नबाट बन्चित नहुने बाताबरण बनाउन पनि आग्रह गरीन् । उनले देशमा जनताले शान्ति र बिकास खोजेको भन्दै सबैदल सहमतिमा आउने हो भने बिकासले समेत अग्रता लिने समेत धारणा राखीन् । यसै प्रसगंमा उनीले शिक्षाको देशका लागि नभई नहुने मेरुदण्ड भएको बताउदै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको बिकासका लागि शिक्षाको महत्वपूर्ण स्थान भएकाले शिक्षा तर्फ सबैको ध्यान जान जरुरी रहेको बताएकी छन् । मोरङको सुन्दरहरैँचास्थित सुकुना क्याम्पस स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा गरिएको रजत महोत्सवको समापन कार्यक्रममा राष्ट्रपति भण्डारीले सुन्दरहरैंचा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न सुकुना क्याम्पसको महत्वपूर्ण भूमिका रहेको बताइन् । राष्ट्रपति भण्डारीले देशको भविश्य भनेको युवा वर्ग भएकाले युवाका लागि उचित शिक्षा र रोजगारी प्रदान गर्नु आजको आवश्यकता भएकाले चेलीवेटी बेचबिखन, बाल विवाह तथा अन्य कुरितीहरुको अन्त्य गर्दै महिला शिक्षा, चेतना तथा उचित संस्कारको विकास हुनु जरुरी रहेको बताइन् । राष्ट्रपति भण्डारीले अर्को प्रसङ्गमा देश विकासका लागी उद्योग धन्दाको विकास गर्दै हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिएर मुलुकमा भएको नदीनालाको उचित उपभोग गर्न सकेमा देश समृद्ध हुने बताइन् । उनले लामो समयपछि हुन लागेको स्थानीय तहको चुनाव सफल बनाउन सबैले पहल गर्नुपर्ने वर्तमानको महत्वपूर्ण आवश्यकता भएको बताइन् । राष्ट्रपति भण्डारीले बाघझोडा सीमसार, काली मन्दिर, भुल्के जलधार क्षेत्र, हसिना सिमसार तथा अन्य सास्कृतिक र पर्यटकिय क्षेत्रले हरैंचा क्षेत्रको शोभा बढाएकाले त्यस्ता स्थानको विकासका लागि ध्यान दिनु जरुरी रहेको बताइन् ।सुकुना क्याम्पसको रजत महोत्सवको समापन समारोहमा रजत महोत्सव स्तम्भको अनावरण, विज्ञान भवनको उद्घाटन, सम्मान तथा पुरस्कार र सांस्कृतिक कार्यक्रमहरु गरिएका थिए । सो समारोहमा एमाले नेता इश्वर पोख्रेल, कांग्रेस नतृ सुजाता कोइराला, सुकुना क्याम्पसका प्रमुख पीतकुमार श्रेष्ठ, क्याम्पस संचालक समितिका अध्यक्ष देवेन्द्रकुमार मास्के लगायतले मन्तव्य राखेका थिए । २०४८ सालमा स्थापना भएको सुकुना क्याम्पसमा अहिले ७ भन्दा बढी विषयमा स्नातकोत्तर तहको पढाई संचालन गदै आएको छ । रजत महोत्सवलाई सफल बनाउन २०७३ पौष महिना देखिनै विभिन्न नौ वटा कार्यक्रमहरू सञ्चालन गरिएको थियो । क्याम्पसलाई डिम विश्वविद्यालयको रूपमा विकास गरी प्रदेश नं. १ को प्रमुख अनुकरणीय शैक्षिक संस्थामा रूपान्तरण गर्ने, स्नातकोत्तर तहमा हाल सञ्चालित कार्यक्रमहरू बाहेक एमएस्सी, एमबीएका कार्यक्रम र ग्रामीण विकास विषयका कक्षाहरू थप गर्ने तथा स्नातक तहमा बीआईएम, बीएस्सी लगायतका शैक्षिक कार्यक्रमलाई प्राविधिक शिक्षातर्फ उन्मुख गर्ने लक्ष्य राखिएको छ । त्रिविद्वारा सम्बन्धन प्राप्त सुकुना क्याम्पस पूर्वाञ्चलको उदाहरणीय शैक्षिक प्रंतिष्ठानका रुपमा विकसित भएकोले ग्रामीण भेगका विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्यययनको एक उत्कृष्ट गन्तव्य बन्न सकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न