Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुकुना क्याम्पसको २५ औ बर्षगांठमा रजत महोत्सब राष्ट्रपति भण्डारीद्धारा महोत्सब समापन

2017 Apr 15 11:03 AM 67

विज्ञापन

Birat Cancer Hospital
सुकुना क्याम्पसको २५ औ बर्षगांठमा रजत महोत्सब राष्ट्रपति भण्डारीद्धारा महोत्सब समापन
अबिजाल बिष्ट, बिराटनगर । राष्ट्रपति बिद्यादेवी भण्डारीले दलहरुको सहमतिमा तोकिएकै समयमा स्थानिय निकायको चुनाब गर्नु पर्ने अहिलेको सरकारको दायित्व रहेको बताएकी छिन् । सवै दलहरु सहमतिमा आई मतदान गर्न पाउने नागरिकको अधिकार उपयोग गर्न दिलाउनु पर्ने राष्ट्रपतिको भनाई रहेको छ । राष्ट्रपति भण्डारीले सबै दल सहमतिमा आई कोहि पनि मतदान गर्नबाट बन्चित नहुने बाताबरण बनाउन पनि आग्रह गरीन् । उनले देशमा जनताले शान्ति र बिकास खोजेको भन्दै सबैदल सहमतिमा आउने हो भने बिकासले समेत अग्रता लिने समेत धारणा राखीन् । यसै प्रसगंमा उनीले शिक्षाको देशका लागि नभई नहुने मेरुदण्ड भएको बताउदै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको बिकासका लागि शिक्षाको महत्वपूर्ण स्थान भएकाले शिक्षा तर्फ सबैको ध्यान जान जरुरी रहेको बताएकी छन् । मोरङको सुन्दरहरैँचास्थित सुकुना क्याम्पस स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा गरिएको रजत महोत्सवको समापन कार्यक्रममा राष्ट्रपति भण्डारीले सुन्दरहरैंचा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न सुकुना क्याम्पसको महत्वपूर्ण भूमिका रहेको बताइन् । राष्ट्रपति भण्डारीले देशको भविश्य भनेको युवा वर्ग भएकाले युवाका लागि उचित शिक्षा र रोजगारी प्रदान गर्नु आजको आवश्यकता भएकाले चेलीवेटी बेचबिखन, बाल विवाह तथा अन्य कुरितीहरुको अन्त्य गर्दै महिला शिक्षा, चेतना तथा उचित संस्कारको विकास हुनु जरुरी रहेको बताइन् । राष्ट्रपति भण्डारीले अर्को प्रसङ्गमा देश विकासका लागी उद्योग धन्दाको विकास गर्दै हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिएर मुलुकमा भएको नदीनालाको उचित उपभोग गर्न सकेमा देश समृद्ध हुने बताइन् । उनले लामो समयपछि हुन लागेको स्थानीय तहको चुनाव सफल बनाउन सबैले पहल गर्नुपर्ने वर्तमानको महत्वपूर्ण आवश्यकता भएको बताइन् । राष्ट्रपति भण्डारीले बाघझोडा सीमसार, काली मन्दिर, भुल्के जलधार क्षेत्र, हसिना सिमसार तथा अन्य सास्कृतिक र पर्यटकिय क्षेत्रले हरैंचा क्षेत्रको शोभा बढाएकाले त्यस्ता स्थानको विकासका लागि ध्यान दिनु जरुरी रहेको बताइन् ।सुकुना क्याम्पसको रजत महोत्सवको समापन समारोहमा रजत महोत्सव स्तम्भको अनावरण, विज्ञान भवनको उद्घाटन, सम्मान तथा पुरस्कार र सांस्कृतिक कार्यक्रमहरु गरिएका थिए । सो समारोहमा एमाले नेता इश्वर पोख्रेल, कांग्रेस नतृ सुजाता कोइराला, सुकुना क्याम्पसका प्रमुख पीतकुमार श्रेष्ठ, क्याम्पस संचालक समितिका अध्यक्ष देवेन्द्रकुमार मास्के लगायतले मन्तव्य राखेका थिए । २०४८ सालमा स्थापना भएको सुकुना क्याम्पसमा अहिले ७ भन्दा बढी विषयमा स्नातकोत्तर तहको पढाई संचालन गदै आएको छ । रजत महोत्सवलाई सफल बनाउन २०७३ पौष महिना देखिनै विभिन्न नौ वटा कार्यक्रमहरू सञ्चालन गरिएको थियो । क्याम्पसलाई डिम विश्वविद्यालयको रूपमा विकास गरी प्रदेश नं. १ को प्रमुख अनुकरणीय शैक्षिक संस्थामा रूपान्तरण गर्ने, स्नातकोत्तर तहमा हाल सञ्चालित कार्यक्रमहरू बाहेक एमएस्सी, एमबीएका कार्यक्रम र ग्रामीण विकास विषयका कक्षाहरू थप गर्ने तथा स्नातक तहमा बीआईएम, बीएस्सी लगायतका शैक्षिक कार्यक्रमलाई प्राविधिक शिक्षातर्फ उन्मुख गर्ने लक्ष्य राखिएको छ । त्रिविद्वारा सम्बन्धन प्राप्त सुकुना क्याम्पस पूर्वाञ्चलको उदाहरणीय शैक्षिक प्रंतिष्ठानका रुपमा विकसित भएकोले ग्रामीण भेगका विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्यययनको एक उत्कृष्ट गन्तव्य बन्न सकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला