Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर उपमहानगरपालिकाको मेयरका लागि एमालेमा १२ जना आकाक्षीं

2017 Apr 21 8:19 PM 35

विज्ञापन

Birat Cancer Hospital
विराटनगर उपमहानगरपालिकाको मेयरका लागि एमालेमा १२ जना आकाक्षीं
विराटनगर । स्थानीय निकाय निर्बाचनका लागि विराटनगर उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदका लागि दुई दर्जन भन्दा बढी आकांक्षी रहेको देखिएको छ । नेकपा एमाले जिल्ला मोरगंको उम्मेद्वारको अन्तिम टुंगो लगाउने समय आइपुग्दा १२ जनाको नाम नगरसमितिमा आएको हो । नाम चर्चामा मात्र आए पनि ठिकै हुन्छ पछि टिक पाउनै पर्छ भन्ने होइन तर नाम चाही सिफारिस हुनै पर्नै दवाबका कारण मेयर पदमा एक दर्जन र उपमेयर पदमा करिब आधा दर्जनको नाम एमाले नगर कमिटिले सिफारिस गरेर पठाएको छ । जिल्ला कमिटिको शुक्रबार बैठक बस्नु अगाडि नगरसमितिले जिल्ला कमिटिलाई १२ जनाको नाम बुझाएको छ । कतिपय व्यक्तिले नगरमा आफ्नो प्रभाव देखाउनका लागि पनि ‘प्रेसर’ सिर्जना गरेर नाम सिफारिस गर्न लगाएका छन् । जिल्ला समितिले योे नामलाई घटाएर माथिल्लो समितिमा पठाउन सक्ने सम्भावना पनि रहेको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार वर्तमान अध्यक्ष विनोद ढकाल, निवर्तमान जिल्ला अध्यक्ष महेश रेग्मी, जिल्ला उपाध्यक्ष रामलाल साह, नगर इन्चार्ज सागर थापा, संगठन विभाग प्रमुख बाबुराम कार्की, विराटनगर उपमहानगरपालिकाका पूर्व कर्मचारी तारा निरौला, वर्तमान कर्मचारीहरु खेम नेपाली, नन्दिकेशर भण्डारी, सहकारी बैंकका केन्द्रीय अध्यक्ष रमेश पोखरेल, युवा संघका सचिव पर्शुराम बस्नेत, अनेरास्ववियुका सचिव वसिम आलम र कानून व्यवसायी चुडामणी आचार्यको नाम मेयरमा सिफारिस भएको छ । यि नामहरुको विषयमा जिल्ला समितिमा छलफल हुने बताइएको छ । एमालेमा उपमहानगरपालिकाको मेयरको टुंगो स्थायी समितिले टुंगो लगाउने कार्य्विधि बनाइएको छ । पार्टी स्रोतका अनुसार मेयरमा सबैभन्दा बढी सम्भावना विनोद ढकाल र महेश रेग्मीको रहेको छ । ढकाल चुनावमा उठ्दा नगरमा ओली पक्षीय कार्यकर्ताको बाक्लो उपस्थितिले माहौेल सिर्जना हुने अपेक्षा गरिएको छ । ढकालको व्यवसायीक क्षेत्रमा पनि पकड छ । उनलाई कांग्रेस र माओवादी केन्द्रका केही नेताहरुले पनि समर्थन गर्नसक्ने अनुमान गरिएको छ । एकताका मोरङमा कांग्रेसका अमृत अर्याल, एमाओवादीका शिवकुमार मण्डल र विनोद ढकालको त्रिपक्षीय गठबन्धन राम्रोसँग चलेको थियो । जसका कारण अहिले पनि उनीहरुबीचको राम्रो सम्बन्ध भएको अनुमान गरिन्छ । यता रेग्मी भने २०४९ सालमै स्थानीय निर्वाचनमा चुनाव उठेका व्यक्ति हुन् । विराटनगरभित्र परिचित रेग्मी निरन्तर पार्टीमा विपक्षीको रुपमा लागेका कारण टिकट पाउने सम्भावना छ । जिल्लाको राजनीतिक समिकरण मिलाउनका लागि पार्टी भित्रकै एक खेमाले उनलाई टिकट दिनुपर्ने धारणा राख्दै आएका छन् । उनी माधवकुमार नेपाल निकट नेता हुन् भने ढकाल केपी ओली निकट मानिन्छन् । अरु आकांक्षीमा नगर इन्चार्ज सागर थापा बलिया हुन् । महेन्द्र मोरङ क्याम्पसमा २ पटक स्ववियु सभापति जितेका थापा पछिल्लो समय विराटनगर उपमहानगरपालिकाको राजनीतिक संयन्त्रमा बसेर काम गरिरहेका छन् । उनले सडक नालामा भएका अनियमिततालाई उजागर गर्दै थुप्रै ठाउँमा सडक निर्माणमा भूमिका खेलेका छन् । तर, पार्टीका माथिल्ला नेताले उनलाई अपरिपक्व भन्दै टिकट दिन मानेका छैनन् । पार्टीको माथिल्लो पंक्तिमा पनि खास पहुँच नबनाएका थापा युवा पंक्तिमा भने लोकप्रिय छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?