Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

व्यापार संघमा अन्तत चुनाव हुने पक्का, ब्यापारीले मत खसाउन पाउने भए । हेरौ लिष्ट सहितको नामाबली

2017 May 6 1:43 PM 37

विज्ञापन

Birat Cancer Hospital
अबिजाल बिष्ट/ मोरगं । समय सिमा सकिएको झण्डै २ बर्ष पछि हुन लागेको मोरङ व्यापार संघमा अन्ततः चुनाव नै हुने पक्का भएको छ । ब्यापारीहरु दुई खेमामा देखा परिसकेका अबस्था छ । सहमति तोडिएको भनाई एक समुहको छ भने अर्को समुह संघको काम गर्न अझै बांकी रहेको हुनाले उम्मेदवारी दिएको भनिरहेको छ । बिराटनगरमा रहेको प्रतिष्ठित अनि धनी संस्थाको रुपमा चिनिएको मोरगं ब्यापार संघको अबस्था । अग्रज र पुर्व अध्यक्षहरुको सहकार्यबाट सहमति हुन नसके पछि अन्तत चुनाबमा होमिन बाध्य भएको छ यति खेर मोरगं ब्यापार संघ । चुनाबको चटारो नभोगेको यो संस्था यस पटक भने बेलेट बक्स ल्याएर घुम्ने कृषिमा अध्यक्षका रुपमा को आउने भन्ने चक्रब्युहमा होमिएको छ । शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म पनि समझदारी नभएपछि चुनाव हुने पक्का भएको हो । २४ गते आइतबारका दिन प्रोक्सी मतदाताबाट निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । व्यापार संघका पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष र केही पदाधिकारीहरुको सहितको विभिन्न छलफल तथा अनौपचारिक निर्णयबाट राजेन्द्र राउतलाई अध्यक्ष र प्रकाश मुन्दडालाई वरिष्ठ उपाध्यक्ष बनाउने पुरानो सहमति तोडिएपछि यो अबस्था आएको छ । देशको राजनैतिक अबस्थाले गर्दा ब्यापारीहरुलाई पनि चुनाबको स्वाद चाख्न बाध्य बनाएको छ । कसेले कति खेर के भन्छ त्यो दैबले जानुन तर पनि अध्यक्ष मै हुन्छु, हुनु पर्ने अडानले गर्दा चुनावी माहौल तातेको हो । अहिलेका अध्यक्ष पवन शारडाले सहमतिका लागि पर्याप्त पहल नगरी पुनः आफू नै अध्यक्ष हुने तयारी गर्दै मनोनयन दर्ता गरेपछि सहमतिको सबै ढोका बन्द भएको हो । अन्तत राउत समूह र मुन्दडा समूहमा विभाजित मोरङ व्यापार संघमा शारडाले मुन्दडाको सहमतिमा अध्यक्ष बन्ने तयारीमा लागेका छन । को कता अनि कसको सहयोग को संग आंकलन गरिएको हो यो अबस्था ? संघमा वाणिज्य क्षेत्रबाट ८ जना र उद्योग क्षेत्रबाट ८ जना सदस्य निर्वा्चित हुन्छन । त्यस्तै वस्तुगत क्षेत्रबाट दुई जना र शाखाहरुबाट एक जना निर्वा्चित हुन्छन । यी सदस्यहरुबाट अध्यक्ष र पदाधिकारी बन्ने प्रावधान छ । उद्योग क्षेत्रमा राउत समूह बलियो छ भने वाणिज्य क्षेत्रमा मुन्दडा समूह बलियो छ । उद्योगबाट उम्मेदवारी दिएका देवकीनन्दन अग्रवाल, विजेन्द्र परासर, रविनकुमार दाहाल, रमेशकुमार राठी, सुभाष आचार्य र श्रवणकुमार अग्रवाल खुलेर राउतको पक्षमा लागेका छन । उद्योग पन्ध्र जनाको उम्मेदवारी छ । ती मध्ये ७ जना राउतको पक्षमा खुलेका लागेका अहिलेका कार्यसमितिका पदाधिकारी तथा सदस्य हुन । त्यस्तै अनिल शारडा, अनुपम राठी, देवाशिष गोल्छा, पवनकुमार शारडा, पवन राठी, ललित बोहरा, मुन्दडा समूहमा छन । अहिलेको कार्यसमितिमा रहेका सुनिल टिवडेवाल केही समयअघि राउत समूहमा भएपनि अहिले खेमा परिवर्तन गरेर मुन्दडाको नजिक पुगेको बताइएको छ । तर, अन्तिममा उनको भूमिका के हुन्छ भन्ने थाहा छैन । भर्खरै संघमा प्रवेश गरेका मकालु टेलिभिजनका दिपेश सुवेदी पनि खुलेका छैनन । त्यस्तै वाणिज्य क्षेत्रमा दश जना उम्मेदवार छन । त्यसमा मुन्दडा समूहका मुन्दडासहित अनिलकुमार शाह, नविन रिजाल, पियुष तोदी, विकासकुमार बेगवानी, मनिष मारु, मुकेशकुमार राठी र सुशीलकुमार जोशी छन । सन्तोष चौधरी र कृष्णकुमार लोहिया कसैको पक्षमा खुलेका छैनन् । अहिले सचिव रहेका अनिलकुमार शाह केही अघिसम्म राउतकै पक्षमा देखिन्थे । अहिले उनी कित्ता परिवर्तन गरी मुन्दडा समूहमा गएका छन । दुबै पक्षको दाबीअनुसार उद्योग क्षेत्रमा राउत समूह र वाणिज्य क्षेत्रमा मुन्दडा समूहका प्रतिनिधिहरु विजयी हुनेछन । तर, दुबै समूह दुबैतिर खेलेर आफ्ना पल्ला भारी बनाउने कसरतमा लागेका छन । वस्तुगत समूहमा गोपाल अग्रवाल र सञ्जयकुमार श्रेष्ठ मुन्दडा समूह र राजन श्रेष्ठ तथा सुनिलकुमार बिडला राउत समूहमा छन । यसमा राउत समूहमा बलियो भएपनि मुन्दडा समूह छिर्के लगाउने दाउमा रहेको छ । को कता अनि कसले के कसरी गुनाभागा गर्दै ? सभासदसमेत रहेका पवन शारडा अहिले व्यपार संघको अध्यक्ष छन । उनी फेरि पुनः अध्यक्ष हुने दाउमा छन । उनको सहयोगमा मुन्दडा समूह बलियो हुने आशामा छ । मुन्दडा समूहले अहिले अध्यक्षमा राउतलाई पाखा लगाएर शारडालाई अध्यक्ष बनाउन चाहेको छ । यसो गरेका राउत सदाका लागि बिदा हुन सक्ने अनुमान उनीहरुको छ । मतदानमा शारडाको सहयोग लिएर उनी पराजित भएमा मुन्दडा आफै अध्यक्षको उम्मेदवार बन्न सक्छन । कतिपयले शारडा सदस्यमा हार्ने र दश जना सदस्य पु¥याएर मुन्दडा अध्यक्ष हुनसक्ने आँकलन समेत गरेका छन । समझदारी तोडिएकोले जे पनि हुनसक्छ । एकजना कार्यसमितिका सदस्यले भने,‘यदि शारडा हारे भने उनको मात्रै होइन व्यापार संघकै शर्मनाक बैइज्ती हुनसक्छ ।’ यता राउतलाई चुनाव जिताउन वर्तमान नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा खुलेर लागेका छन । वाणिज्य क्षेत्रमा धेरै प्रोक्सी मत बोकेका विकासकुमार बेगवानीले अन्तिम समयमा राउत समूहलाई धोका दिएकाले चुनावी मैदानमा जान आँट गरेका मुन्दडा समूहमा गएपनि त्यसक्षेत्रबाट केही प्रतिनिधि तान्न सकेका स्वतः चुनाव जित्नेमा आशावादी रहेको राउत समूह देखिएको छ । मुन्दडा समूहले बजारको वाणिज्य क्षेत्रको मत आफूलाई आएमा आठै जना आफ्नो प्रतिनिधि आउने र अरु क्षेत्रबाट आउने प्रतिनिधिको मतबाट आफ्नो समूह विजयी हुने विश्वास गरेका छन । राउत समूहको पनि वाणिज्यबाट आफ्ना समूहका मानिस आएमा जित्ने अपेक्षा गरेका छन ।

निर्वाचन आयोग

मोरंग व्यापार संघ

उम्मेदवारहरुको वर्णानुक्रम अनुसार निर्वाचन प्रयोजनका लागि अन्तिम नामावली समेत निम्न प्रकार भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । वाणिज्य क्षेत्रबाट उम्मेदवारी फिर्ता           लिनेहरुको नामावली यस प्रकार क्र.सं.      उम्मेदवारको नाम
  1. श्री विजेन्द्र परासर
  2. श्री सुवास आचार्य
  3. श्री रविन कुमार दाहाल
  4. श्री गोपाल अग्रवाल
  5. श्री देवकीनन्दन अग्रवाल
  6. श्री श्रवण कुमार अग्रवाल
उद्योग क्षेत्रबाट उम्मेदवारी फिर्ता लिनेहरुको नामावली यस प्रकार क्र.सं.      उम्मेदवारको नाम
  1. श्री अमित कुमार सारडा
  2. श्री सुशील कुमार जोशी
  3. श्री मनिष मारु
  4. श्री नविन रिजाल
उद्योग क्षेत्रबाट बाँकी रहनु भएको उम्मेदवारहरुको अन्तिम नामावलीः क्र.सं.      उम्मेदवारको नाम
  1. श्री अनिल सारडा
  2. श्री अनुपम राठी
  3. श्री दिपेश सुवेदी
  4. श्री देवकीनन्दन अग्रवाल
  5. श्री देवाशिष गोल्छा
  6. श्री पवन कुमार सारडा
  7. श्री पवन राठी
  8. श्री विजेन्द्र परासर
  9. श्री रविन कुमार दाहाल
  10. श्री रमेश कुमार राठी
  11. श्री राजेन्द्र राउत
  12. श्री ललित बोहरा
  13. श्री सुनिल टिवडेवाल
  14. श्री सुवास आचार्य
  15. श्री श्रवण कुमार अग्रवाल
वाणिज्य क्षेत्रबाट बाँकी रहनु भएको उम्मेदवारहरुको अन्तिम नामावलीः क्र.सं.      उम्मेदवारको नाम
  1. श्री अनिल कुमार साह
  2. श्री कृष्ण कुमार लोहिया
  3. श्री नविन रिजाल
  4. श्री पियुष तोदी
  5. श्री प्रकाश मुन्दडा
  6. श्री विकाश कुमार बेगवानी
  7. श्री मनिष कुमार मारु
  8. श्री मुकेश कुमार राठी
  9. श्री सन्तोष चौधरी
  10. श्री सुशील कुमार जोशी
सम्बद्ध (वस्तुगत) क्षेत्रबाट रहनु भएका उम्मेदवारहरुको अन्तिम नामावलीः क्र.सं.      उम्मेदवारको नाम
  1. श्री गोपाल अग्रवाल
  2.         श्री राजन श्रेष्ठ
  3. श्री सुनिल कुमार विड्ला
  4. श्री संजय कुमार श्रेष्ठ

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो