Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सिंहदरबारबाट नै प्रधानमन्त्रिले जनताको नाममा अन्तिम सम्बोधन, जानेबेलामा जस्केलाबाट राजिनामा

2017 May 24 2:17 PM 37

विज्ञापन

Birat Cancer Hospital
सिंहदरबारबाट नै प्रधानमन्त्रिले जनताको नाममा अन्तिम सम्बोधन, जानेबेलामा जस्केलाबाट राजिनामा
बिराटनगर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उनले देशवासीलाई सम्बोधन गर्ने भएका हुन् । मंगलबार नै संसदलाई सम्बोधन गरेर राजनीमा दिने तयारी गरेका प्रधानमन्त्री दाहालले एमाले अवरोधका कारण संसद बैठक चल्न नसकेपछि सम्बोधन गर्न पाएका थिएनन्।  निर्वाचन आचार संहिता लागु भएपछि तराईका केही जिल्लामा स्थानीय तह थपेको विरोधमा एमालेले मंगलबारको संसद बैठक अवरुद्ध पारेको थियो। संसद खुलाउन मंगलबार अबेरसम्म भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि बैठक बस्दै नबसी बुधबार अर्को बैठक डाकिएको थियो। एमालेले संसद अवरुद्ध पार्ने अडान कायम राखेपपछि बुधबार पनि संसद बैठक बस्न सकेन। माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन । लगातार दुई दिन संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । अब प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने स्रोतले बताएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?