Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भरतपुर घटनाको निर्णयबारे भट्टराईले भने -‘… काल पल्क्यो’

2017 Jun 4 5:50 AM 51

विज्ञापन

Birat Cancer Hospital
भरतपुर घटनाको निर्णयबारे भट्टराईले भने -‘… काल पल्क्यो’
काठमाडौँ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले पनि व्यंग्यात्मक रुपमा विरोध गरेका छन् । भरतपुर घटनामा आएको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको डा. भट्टराईले भनेका छन् । उनले लोकतन्त्रको भविष्यमाथि प्रश्न उठाएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले बडा नम्बर १९ को सम्पूर्ण मतदान केन्द्रको मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । मतगणनाको क्रममा जेठ १४ गते राती एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद हुँदा ९० मतपत्र च्यातिएका थिए  । आयोगको निर्णयमा भनिएको छ–स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको हुँदा सोहि दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको बडा नम्बर १९ को मदतान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरि मतदान गर्ने ।’ रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय ताेक्न भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी समेत आयोगले दिएको छ । भरतपुर महानगरको मेयरमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल चुनावी मैदानमा छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनको ट्वीट छ – ‘‘भरतपुरवारे निर्वाचन आयोगको निर्णयले ‘मरी भन्दा काल पल्क्यो भन्ने डर चरितार्थ गर्यो । आयोगको निरीहता झल्क्यो । लोकतन्त्रको भविष्य ?’ निर्वाचन आयोगको निर्णय एमालेले यसअघि नै विरोध गरिसकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?