Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काग्रेसले बिराटनगर महानगरमा मेयर भिम पराजुली र इन्दिरा कार्की उपमेयरको उम्मेदवार तोक्यो ।

2017 Jun 14 8:39 PM 47

विज्ञापन

Birat Cancer Hospital
काग्रेसले बिराटनगर महानगरमा मेयर भिम पराजुली र इन्दिरा कार्की उपमेयरको उम्मेदवार तोक्यो ।
विराटनगर । नेपाली काँग्रेसले मोरङको विराटनगर महानरपालिकामा भीम पराजुलीलाई मेयर पदमा उठाउने निर्णय गरेको छ । यसै गरी इन्दु कार्कीलाई उपमेयरमा उठाउने निर्णय केन्द्रीय समितिले निणर्य गरेको हो । पराजुली पार्टीका नगर सभापति हुन् । भने उनले महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघबाट राजनीति आरम्भ गरेका थिए । उनी युवा पुस्ता माझ निकै लोकप्रिय नेता मानिन्छन् । महेन्द्र मोरङ क्याम्पसको स्ववियूमा नेतृत्व गरेर नगर सभापतिमा दुई पटक निर्वा्चित भएका पराजुलीले यस पटक महानगरपालिका बन्ने बितीकै टिकट पाएका हुन् । तसर्थ उनी भाग्यमानी नेताका रुपमा चित्रण हुन थालेका छन् । उपमेयरकी उम्मेदवार कार्की महिला संघको नेतृत्व हुँदै काँग्रेसमा राम्रो छवि बनाएकी नेत्री हुन् । काँग्रेसले मोरङका अन्य स्थानीय गाउपालिका, नगरपालिका र महानगरपालिकाको सबै पद तथा वार्डहरुको समेतको प्रतिनिधी छनौट गरेको छ । पराजुली केन्द्रीय सदस्य शेखर कोइराला निकटका हुन् । कोइरालाले पराजुलीलाई उम्मेदवार नबनाए आफू अनसन बस्ने चेतावनी समेत दिएका थिए । मेयरको उम्मेदवारका लागि सांसद एवं केन्द्रीय सदस्य अमृत अर्यालको नाम पनि आएको थियो । अर्यालले मोरङका तीन नेता शेखर कोइराला, महेश आचार्य र मिनेन्द्र रिजालको समर्थन भए मात्र उम्मेदवार हुुने बताएका थिए । तर, आफ्नो गुटको उम्मेदवार बोेकेर बसेका नेताहरुले अर्यालको सर्त मानेनन् । राम्रो र सबैको आशाका केन्द्र बनेका अमृत अर्यालले अन्तमा आएर इच्छा राखे पनि त्यत्रो ठुलो लबि नगरेको स्रोतको दाबि छ । सांसद पद छोडेर चुनाबमा जांदा संसद भवनमा एक संख्या घटने भएको हुदां पनि केन्द्रीय समितीले अमृत अर्याललाई चुनाबमा जान सल्लाह दिएका थिएन भने अर्याल आफै पनि शुरु देखि बिराटनगर महानगरपालिकाको मेयर पदमा अनिच्छा जाहेर गर्दे आएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?