Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
बिचार

मेरो उम्मेदवारी समग्र वडा नं. २ को विकासका लागि--महेश वाहेती

2017 Jun 15 9:51 PM 92

विज्ञापन

Birat Cancer Hospital
मेरो उम्मेदवारी समग्र वडा नं. २ को विकासका लागि--महेश वाहेती
यतिखेर बिराटनगर महानगरपालिका सबैको चासो र पर्खाईको राजनैतिक बिषय बनेको छ । दोस्रो चरणको मनोनयन हुने दिन असार २ गतेको पर्खाईमा बसेका एक युवा ब्यबसायी आजको २ दिन पछि अर्थात असार ४ गते आईतबार निर्बाचन कार्यालयमा आफनो आधिकारी उम्मेदवार दिने तयारीमा रहेका छन् । मोरङको विराटनगर ऐतिहासिक सहर हो । सरकारमा रहेको घटकहरुको गठबन्धनका कारण पहिलो निर्बाचनमा महानगरपालिकामा हार खाएको हुनाले पनि बिराटनगर महानगरपालिकामा काग्रेसको चासोको बिषयको बनेको छ । यस्तो अबस्थामा पनि आफनो बेग्लै पहिचाहन बनाएका स्थानीय वडा नं. २ का बासिन्दा महेश वाहेतीले वडाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । सबैको सहयोग पाएको र भिजन सहित वडाध्यक्षमा उठन लागेका उम्मेदवार वाहेतीले बताएका छन् । वडाको विकासमा दीर्घकालीन योजना नै अघि सार्नुभएको छ । उक्त विषयमा उहाँसँग गरिएको कुराकानीको सारसंक्षेपः किन र के
तपाईको उम्मेदवारीे ? ऐतिहासिक विराटनगर नगरको २ नं. वडाको सामाजिक, आर्थिक विकास गर्नका लागि मैले १० वर्षको कार्य योजना नै बनाएर लागेको छु । मेरो उम्मेदवारी भनेको समग्र वडाको विकास यहाँका जनताको चाहना अनुसार हुनेछ । म कुनै पार्टीगत रूपमा उम्मेदवारी दिने भन्दा पनि मेरो एजेण्डा र विकास तथा कार्य योजना प्रति सहमत हुने पार्टीबाट उठ्ने छु । नभए स्वतन्त्र रुपमा सबैको साझा उम्मेदवारका रुपमा मेरो उम्मेदवारी हुनेछ । के छन् वडा न. २ समस्याहरू ? यहाँको मुख्य समस्या भनेको सडक, ढल खानेपानी जस्ता विकासका सामान्य पूर्वाधार पनि छैनन् । २० वर्षसम्म जनप्रतिनिधी नभएको अवस्थामा स्थानीय जनताले विकासका पूर्वाधार पाउन सकेका छैनन् । विराटनगर महानगरपालिका छेउमा रहेर पनि यो क्षेत्र पछाडि परेको छ भने वडागत रूपमा सरकारले गर्नुपर्ने धेरै कामहरू अलपत्र छन् । तपाईँले वडाको विकासका लागि के कस्ता योजना र वडा घोषणा पत्र बनाउनु भएको छ ? म यस वडाको बासिन्दा अनि म यही वडामा जन्मिएँ, यहीँ हुर्र्िकएँ । यस हिसाबले यो क्षेत्रको मुख्य समस्या केके छन् त्यसलाई राम्ररी नियालेको छु । यहाँका जनता के चाहन्छन् त्यो पनि बुझेको छु । अहिलेसम्म हामीले देश विकास गर्न राजनीतिक दल चाहिन्छ भन्ने बुझ्यौं । तर, स्थानीय क्षेत्रको विकासका लागि स्थानीय व्यक्ति नै लाग्नुपर्दछ । हाम्रा सानादेखि ठुला समस्या हल गर्न यहाँको हरेक घरपरिवारको अवस्था बुझेको, शिक्षित व्यक्तिलाई स्थानीय निकायमा ल्याउन सक्यौं भने विकास हुन सक्छ । यसका लागि मैले ५ बर्षे र १० बर्षे का लागि दीर्घकालीन र अल्पकालिन योजना नै बनाएको छु । तपाईँको उम्मेदवारी पार्टी उम्मेदवारी या स्वतन्त्र उम्मेदवार ? वडाको साझा ऐजेण्डा मिलेमा पार्टीको पनि हुन सक्छु तर नमिलेमा स्वतन्त्र पनि हुन सकिन्छ तर यो स्थानीय निकायको निर्वाचन भएकोले हामीले कुनै दलको एजेण्डाबाट प्रभावित भएर भोट हाल्नु हुन्न । हामीसँग जो नजिक हुन्छन् । हाम्रो वडाका समस्या जसले हल गर्ने प्रतिबद्धता गर्छन् त्यस्ता व्यक्तिलाई हेरेर भोट हाल्ने हो । जहाँसम्म मेरो उम्मेद्वारीको कुरा छ । मेरा आफ्नै एजेण्डा भएकाले कुनै दलको एजेण्डा बोन्न जान्न । मेरो एजेण्डामा जुन दल सहमत भएर आउँछ त्यो सँग सहकार्य हुन्छ नभए म स्वतन्त्रका रुपमा । २ नं. वडाका मतदाताको भनाई चाहिँ के रहेको छ ? यहाँका जनताको विचार पनि दल भन्दा पनि व्यक्तिलाई हेर्ने भन्ने नै छ । त्यही भएरपनि मलाई उम्मेदवारी दिनुपर्छ भन्ने दबाब छ । मेरो भनाई पनि हाम्रालाई हैन राम्रालाई भोट दिउँ भन्ने छ । जो सँग भिजन छ, शिक्षित छ, जसले स्थानीय जनताको आवाज बोक्न सक्छ त्यस्ता व्यक्तिलाई नै चुन्नुपर्छ भन्ने छ । अन्तमा, तपाई के भन्न चाहानु हुन्छ ? सबैको सहयोग र सहकार्यमा नै मेरो उम्मेदवारी हो । विशेष गरी यो क्षेत्रका मतदाताले मलाई यस पटक अध्यक्षमा उठ्नुपर्छ भनेर नै साथ र सहयोग गर्नुभएको छ । यो वडाका लागि मात्र हैन समग्र विराटनगरको विकासका लागि मेरो उम्मद्वारी हुनेछ भन्ने आम मतदातामा जानकारी गराउँछु ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न