Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

५ वर्षभित्र उर्लावारीलाई "समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर" :-भुपाल सिंह जिमी

2017 Jun 15 10:05 PM 31

विज्ञापन

Biratkhavar
५ वर्षभित्र उर्लावारीलाई "समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर" :-भुपाल सिंह जिमी
घनेश्याम भण्डारी/ उर्लावारी ।  नेकपा एमालेले उर्लाबारीले ५ वर्षभित्र ‘समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर’बनाउने उद्घोष स्थानीय तह निर्वाचनमा भुपाल सिंह जिमीलाई मेयर र लक्ष्मी भण्डारीलाई उपमेयर पदमा उठाएको छ । एमालेले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्यद्वय जिमी र भण्डारीलाई क्रमशःमेयर र उपमेयर पदको उम्मेवार बनाएको हो । बीहिबार एमाले सांसद पर्तमान धिमालको उपस्थितीमा उर्लाबारी–३ मा आयोजित कार्यक्रममा एमालले उर्लाबारीका मेयर÷उपमेयर पदका उम्मेदवार सहित नौ वटै वडाका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको थियो । वडा नम्बर १बाट मछिन्द्र कार्कीलाई एमालले वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । सो वडाको महिला सदस्य पदमा टिका भुजेल,दलित महिला सदस्यमा शान्ता गजमेर र खुल्ला सदस्यहरुमा गम्भीर प्रधान र मोहनकर्ण श्रेष्ठलाई उठाएको छ । वडा नम्बर २को अध्यक्षमा हेमचन्द्र थापा,महिला सदस्यमा धनमाया राई,दलित महिला सदस्यमा टिका परियार र खुल्ला सदस्यहरुमा गोविन्दप्रसाद चम्लागार्इँ र रुद्र धिमाललाई रहेका छन् । एमालेमा चर्चित एवं प्रखर वक्ताका रुपमा चिनिएका साविक उर्लाबारी गाविसका पार्टी सचिव मुक्तिनाथ न्यौपानेलाई वडा नम्बर तीनको वडाध्यक्ष पदको उम्मेदवार बनाएको छ । यो वडाबाट महिला सदस्यमा निर्मला गौतम,दलित महिला सदस्यमा जिना त्रिखत्री र खुल्ला सदस्यहरुमा भक्तबहादुर विक र भिष्मराज बुढाथोकी उम्मेद्वार भएका छन् । वडा नम्बर चारमा एमालले लक्ष्मीनारायण धिमाललाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । यो वडाबाट एमालले सदस्य पदहरुमा कृष्णमाया माझी,अमृता दास,डोमनाथ खतिवडा र होमनाथ सापकोटालाई उठाउदैछ । चन्द्रप्रसाद भट्टराईलाई वडा नम्बर ५को उम्मेदवार बनाइएको छ । यो वडाबाट सदस्य पदका उम्मेद्वारहरु मेनु पाण्डे,मिनकुमारी विक,भानुभक्त पोखरेल र रविन तामाङ हुन् । एमालले वडा नम्बर ६ मा महिलालाई अध्यक्ष पदको टिकट दिएको छ । उद्योग वाणिज्य संघ उर्लाबारीकी वाणिज्य सचिव मिरा न्यौपाने भट्टराईलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको हो । यो वडाको सदस्य पदको उम्मेदवारहरुमा तारा कार्की,सिता विक रसाईली,मानबहादुर राई ‘मदन’ र वेदनिधि पौडेल रहेका छन् । वडा नम्बर ७मा कृष्णबहादुर प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । यो वडाबाट इन्दिरादेवी राई,अनिता विक,जिवप्रसाद कट्टेल र निरोज तिम्सिना वडा सदस्य पदका उम्मेवार बनेका छन् । वडा नम्बर ८मा साविक राजघाट गाविसका पार्टी अध्यक्ष कुलबहादुर कार्की वडा अध्यक्ष पदको उम्मेदवार बनेका छन् । एमालले यो वडामा चन्द्रा डाँगी,जानुका बराईली,अग्नीप्रसाद लिम्बू र लक्ष्मीप्रसाद टुंगानालाई सदस्य पदको उम्मेवारमा अघि सारेको छ । वडा नम्बर ९को अध्यक्षमा बमबहादुर फ्याकलाई उठाइएको छ । हुकमाया श्रेष्ठ,पूर्णमाया वर्देवा दर्जी,,खड्गबहादुर कार्की र तेजेन्द्र साँवा(तेजकुमार लिम्बू) एमालेको तर्पबाट ९ नम्बर वडाको सदस्य पदको उम्मेदवार बनाइएका हुन् । एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटीका अध्यक्ष मानबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा आप्mनो पार्टीले समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवार टुंङ्गाएको जनाएको छ । उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै मेयरपदका उम्मेदवार भुपालसिं जिमीले आप्mनो उम्मेदवारीको औचित्य पुष्ठि गर्दै उर्लाबारीलाई नमुना नगरपालिका बनाउने उद्घोष गरे । मेयर उम्मेदवार जिमीले खोला नदी तटबन्धन, विकास निर्माण,सडक बाटो,विद्यूत,खानेपानी,सञ्चार,ढल निकास,फोहोर व्यवस्थापन,शिक्षा,स्वास्थ्य,पर्यटन,खेलकुद,युवा र रोजगार,महिला र बालबालिका,जेष्ठ नागरिक,समाजिक विकास र वातवरण संरक्षण लगायत सबै क्षेत्रको विकासका लागि आप्mनो उम्मेदवरी रहेको प्रष्ट्याउदै घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु ५ वर्षभित्र पुरा गर्ने बताए । यस्तै,उपमेयर पदकी उम्मेदवार लक्ष्मी भण्डारीले महिला हिंसा मुक्त नगर निर्माण,महिला सशक्तिकरणको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने लगायत अन्य विकास निर्माणका कार्यहरु पुरा गर्ने बताईन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु