Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

५ वर्षभित्र उर्लावारीलाई "समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर" :-भुपाल सिंह जिमी

2017 Jun 15 10:05 PM 67

विज्ञापन

Birat Cancer Hospital
५ वर्षभित्र उर्लावारीलाई "समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर" :-भुपाल सिंह जिमी
घनेश्याम भण्डारी/ उर्लावारी ।  नेकपा एमालेले उर्लाबारीले ५ वर्षभित्र ‘समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर’बनाउने उद्घोष स्थानीय तह निर्वाचनमा भुपाल सिंह जिमीलाई मेयर र लक्ष्मी भण्डारीलाई उपमेयर पदमा उठाएको छ । एमालेले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्यद्वय जिमी र भण्डारीलाई क्रमशःमेयर र उपमेयर पदको उम्मेवार बनाएको हो । बीहिबार एमाले सांसद पर्तमान धिमालको उपस्थितीमा उर्लाबारी–३ मा आयोजित कार्यक्रममा एमालले उर्लाबारीका मेयर÷उपमेयर पदका उम्मेदवार सहित नौ वटै वडाका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको थियो । वडा नम्बर १बाट मछिन्द्र कार्कीलाई एमालले वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । सो वडाको महिला सदस्य पदमा टिका भुजेल,दलित महिला सदस्यमा शान्ता गजमेर र खुल्ला सदस्यहरुमा गम्भीर प्रधान र मोहनकर्ण श्रेष्ठलाई उठाएको छ । वडा नम्बर २को अध्यक्षमा हेमचन्द्र थापा,महिला सदस्यमा धनमाया राई,दलित महिला सदस्यमा टिका परियार र खुल्ला सदस्यहरुमा गोविन्दप्रसाद चम्लागार्इँ र रुद्र धिमाललाई रहेका छन् । एमालेमा चर्चित एवं प्रखर वक्ताका रुपमा चिनिएका साविक उर्लाबारी गाविसका पार्टी सचिव मुक्तिनाथ न्यौपानेलाई वडा नम्बर तीनको वडाध्यक्ष पदको उम्मेदवार बनाएको छ । यो वडाबाट महिला सदस्यमा निर्मला गौतम,दलित महिला सदस्यमा जिना त्रिखत्री र खुल्ला सदस्यहरुमा भक्तबहादुर विक र भिष्मराज बुढाथोकी उम्मेद्वार भएका छन् । वडा नम्बर चारमा एमालले लक्ष्मीनारायण धिमाललाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ । यो वडाबाट एमालले सदस्य पदहरुमा कृष्णमाया माझी,अमृता दास,डोमनाथ खतिवडा र होमनाथ सापकोटालाई उठाउदैछ । चन्द्रप्रसाद भट्टराईलाई वडा नम्बर ५को उम्मेदवार बनाइएको छ । यो वडाबाट सदस्य पदका उम्मेद्वारहरु मेनु पाण्डे,मिनकुमारी विक,भानुभक्त पोखरेल र रविन तामाङ हुन् । एमालले वडा नम्बर ६ मा महिलालाई अध्यक्ष पदको टिकट दिएको छ । उद्योग वाणिज्य संघ उर्लाबारीकी वाणिज्य सचिव मिरा न्यौपाने भट्टराईलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाएको हो । यो वडाको सदस्य पदको उम्मेदवारहरुमा तारा कार्की,सिता विक रसाईली,मानबहादुर राई ‘मदन’ र वेदनिधि पौडेल रहेका छन् । वडा नम्बर ७मा कृष्णबहादुर प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । यो वडाबाट इन्दिरादेवी राई,अनिता विक,जिवप्रसाद कट्टेल र निरोज तिम्सिना वडा सदस्य पदका उम्मेवार बनेका छन् । वडा नम्बर ८मा साविक राजघाट गाविसका पार्टी अध्यक्ष कुलबहादुर कार्की वडा अध्यक्ष पदको उम्मेदवार बनेका छन् । एमालले यो वडामा चन्द्रा डाँगी,जानुका बराईली,अग्नीप्रसाद लिम्बू र लक्ष्मीप्रसाद टुंगानालाई सदस्य पदको उम्मेवारमा अघि सारेको छ । वडा नम्बर ९को अध्यक्षमा बमबहादुर फ्याकलाई उठाइएको छ । हुकमाया श्रेष्ठ,पूर्णमाया वर्देवा दर्जी,,खड्गबहादुर कार्की र तेजेन्द्र साँवा(तेजकुमार लिम्बू) एमालेको तर्पबाट ९ नम्बर वडाको सदस्य पदको उम्मेदवार बनाइएका हुन् । एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटीका अध्यक्ष मानबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा आप्mनो पार्टीले समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवार टुंङ्गाएको जनाएको छ । उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै मेयरपदका उम्मेदवार भुपालसिं जिमीले आप्mनो उम्मेदवारीको औचित्य पुष्ठि गर्दै उर्लाबारीलाई नमुना नगरपालिका बनाउने उद्घोष गरे । मेयर उम्मेदवार जिमीले खोला नदी तटबन्धन, विकास निर्माण,सडक बाटो,विद्यूत,खानेपानी,सञ्चार,ढल निकास,फोहोर व्यवस्थापन,शिक्षा,स्वास्थ्य,पर्यटन,खेलकुद,युवा र रोजगार,महिला र बालबालिका,जेष्ठ नागरिक,समाजिक विकास र वातवरण संरक्षण लगायत सबै क्षेत्रको विकासका लागि आप्mनो उम्मेदवरी रहेको प्रष्ट्याउदै घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु ५ वर्षभित्र पुरा गर्ने बताए । यस्तै,उपमेयर पदकी उम्मेदवार लक्ष्मी भण्डारीले महिला हिंसा मुक्त नगर निर्माण,महिला सशक्तिकरणको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने लगायत अन्य विकास निर्माणका कार्यहरु पुरा गर्ने बताईन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला