Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हाम्रो दुहवी र राम्रो दुहवी बनाउन सक्ने मेयरका उम्मेदवार– विनय पोखरेल

2017 Jun 17 6:48 AM 58

विज्ञापन

Birat Cancer Hospital
हाम्रो दुहवी  र राम्रो दुहवी बनाउन सक्ने मेयरका उम्मेदवार– विनय पोखरेल
रोशन वेन्गानी! विराटनगर दुहवी नगरपालिकामा नेकपा एमाले नगरकमीटीले चुनावी अभियानलाई सशक्त बनाएको छ । नेकपा एमाले सुनसरीले दुहवी नगरपालिकामा विनय पोखरेललाई नगरको मेयर पदमा उम्मेदवार  खडा गरी दुहवी नगरकमीटी अभियानलाई अझ सशक्त बनाएको हो । तनमुना स्थायी घर भएका ६५ वर्षिय विनय पोखरेलले दुहवी नगरपालिकालाई सबैको साझा नगरका रुपमा विकास गर्ने सहित दीर्घकालिन र अल्पकालिन ५ वर्षे योजना अघि सारेका छन् । ४ वर्ष भित्र योजनाहरु पुरा गरि ५ औ वर्षमा ति योजनाहरुको समिक्षा गरिने निकटम सुत्रवाट जानकारी प्राप्त भएको छ l  विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकालाई जोड्ने काम हाम्रो दुहवी नगरपालिकाले गर्ने हुदां यसलाई योजनाबद्ध कार्ययोजना बनाउन सके मात्र दुहवी  नगरपालिकाको बिकास हुने कुरामा उम्मेदवार पोखरेल ढुक्क छन् र आफु संग त्यस्तो भिजन, मिसन र कार्ययोजना सहितको खांका रहेको र आफु त्यो मिसन पुरा गर्न दृढ भएर लागि पर्ने प्रण पनि उम्मेदवार पोखरेल गर्छन l दुहवी नगरपालिका भित्र हुने बिभिन्न सामाजिक र राजनीतिक गतिबिधिमा पोखरेल सक्रिय छन् । मेरो उम्मेदवारी भनेको समग्र दुहवी नगरको विकास यहाँका जनताको चाहना अनुसार हुनेछ यहाँको मुख्य समस्या भनेको सडक, ढल खानेपानी जस्ता विकासका पूर्वाधारहरु पनि हुन् । २० वर्षसम्म जनप्रतिनिधी नभएको अवस्थामा स्थानीय जनताले सोचे जस्तो विकासका पूर्वाधार पाउन सकेका छैनन् । यसका लागि मैले ५ वर्षका लागि दीर्घकालीन र अल्पकालिन योजना बनाई त्यस योजनालाई साकार पार्न अहोरात्र  खटी हाम्रो नगर राम्रो नगर बनाउने संकल्प गरेको छु भनि लागि परेका मेयर पोख्रेल, पार्टीको निणर्य र स्थानिय जनताका माग अनुसार नै अब दुहवी नगरपालिकामा घुम्ति शौचालय, पार्क, लक्षित वर्ग दलित र सुकुम्वासीहरुका लागि एकिकृत वस्ती निर्माण, नगर भित्र पछाडी पारिएका मुसहर, डुम लगायतका विपन्न वर्गका लागि रोजगारीमुलक सिप र दक्षताका आधारमा काम, व्यस्त वजारमा तत्कालै आकासे पुल बनाउने योजनाहरुको अवलम्वन गर्ने, विशाल औद्योगिक तथा व्यापारिक प्रर्दशनी स्थल निर्माण लगायत शहरी योजना बनाएर दिगो शहरी विकास, अस्पताल र स्पोर्टस् भिलेज निर्माण गर्ने आफनो पार्टीको घोषणा पत्रका उल्लेख गरीएको हुनाले सोही अनुसार नै जनता समक्ष जाने प्रतिबद्दता ले नै गर्दा जनताको मेयर हुनेमा उनि विस्वस्त छन् l दुहवी नगरका युवा, बृद्ध लगायत सबैको मानस पटलमा अहिले नेकपा एमाले कै घोषणा पत्रको चर्चा रहेको र विनय पोख्रेल नै हामो दुहवी राम्रो दुहवी बनाउन सक्षम मेयर हुन् भनि दुहवी नगरका युवा सुजितको भनाई रहेको छ l दुहवीमा अहिले चुनावी माहोल तातेको छ सबै पार्टीहरु आफ्नो अजेण्डा लिएर जनता संग घर दैलो गर्दैछन l

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला