Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उर्लाबारी नगरपालिकामा काँग्रेसका सबै उम्मेदवार घोषणा

2017 Jun 17 4:03 PM 82

विज्ञापन

Birat Cancer Hospital
उर्लाबारी नगरपालिकामा काँग्रेसका सबै उम्मेदवार घोषणा

शंकर दाहाल

बिराटनगर । नेपाली काँग्रेस मोरगंले उर्लाबारी नगरपालिकाको मेयर तथा उपमेयर लगायत ९ वटै वडाका अध्यक्ष सहित सबै सदस्यहरुको नामाबली सहित उम्मेदवारको नाम घोषणा गरेको छ । काँग्रेस उर्लाबारी नगर चुनाव प्रचार प्रसार समितिले एक कार्यक्रमबीच पार्टी महासमिति सदस्य ललित अधिकारीले सबै उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । जस अनुसार असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरका लागि खड्ग फागो र उपमेयरमा सीता कार्कीको नाम घोषणा गरिएको छ । मेयर पदका उम्मेदवार फागो यस क्षेत्रका सामाजिक व्यक्तित्व हुन् । गरिव तथा विपन्न वर्गका मानिसहरुको उपचारमा सहयोगी भावना प्रकट गर्दै आएका फागो काँग्रेस क्षेत्र नम्बर ९ का क्षेत्रीय सभापति पनि हुन् । उपमेयरकी उम्मेदवार कार्की नेपाल महिला संघको केन्द्रिय सदस्य हुन् । उनी महिला हकहितका विषयमा आवाज उठाउँदै आएकी छन् । महिला राजनीतिबाट सक्रिय थापा मोरङमा प्रभावशाली नेतृका मानिन्छिन् । काँग्रेसले उर्लाबारी – १ नम्बर वडाको अध्यक्षमा गोबिन्द्रप्रसाद भट्टराईलाई उम्मेदवार बनाएको छ । महिला सदस्यमा सीतादेवी थम्सरा लिम्बू, दलित महिला सदस्यमा कृष्णकुमारी रसाईली, खुल्ला सदस्यमा सरन लामा र यामकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ । यस्तै उर्लाबारी–२ नम्बर वडाको अध्यक्षमा राजन कँडेल,महिला सदस्यमा बानु सुब्बा,दलित महिला सदस्यमा फुलसरी विश्वकर्मा,सदस्यमा मेखबहादुर धिमाल र बाबुराम श्रेष्ठ उम्मेदवार रहेका छन । उर्लाबारी–३ नम्बरको अध्यक्षमा गञ्जबहादुर कार्की,महिला सदस्यमा तुलशा घिमिरे,दलित महिला सदस्यमा सम्झना मोते(महत),सदस्यमा सोमप्रसाद घिमिरेको उम्मेदवार रहेका छन । यसैगरी उर्लाबारी–४ नम्बरको अध्यक्षमा सर्वजीत भण्डारी,महिला सदस्य अरुणा थापा,दलित महिला सदस्यमा सुनिता गहतराज,सदस्यमा चन्द्रजीत फोम्बो र कल्याण राईको उम्मेदवार रहेका छन । उर्लाबारी – ५ नम्बरको अध्यक्षमा भानुभक्त शर्मा पराजुली,महिला सदस्य देवीकला राई,दलित महिला सदस्यमा रामकुमारी विक,सदस्यमा तुलबहादुर थापा (रोहित) र सुकदेव पोद्दारको उम्मेदवार रहेका छन् । उर्लाबारी – ६ नम्बरको अध्यक्षमा चिन्तामणी पौडेल,महिला सदस्यमा दुर्गावती लिम्बू,दलित महिला सदस्यमा सरिता महरा,सदस्यमा सचिन शाक्य र अम्बिका तामाङको उम्मेदवार रहेका छन् । यस्तै, उर्लाबारी – ७ नम्बरको अध्यक्षमा वीरबल थापा,महिला सदस्यमा शोभितमाया तामाङ,दलित महिला सदस्यमा मञ्जु परियार,सदस्यमा छत्रबहादुर कार्की र सन्तोष निरौलाको नाम घोषण गरेको छ । उर्लाबारी – ८ नम्बरको अध्यक्षमा सुरेश अधिकारी,महिला सदस्यमा निर्मला पराजुली,दलित महिला सदस्यमा झरना बर्देवा,सदस्यमा मेदनीप्रसाद चिमरिया र भरतकुमार बस्नेतलाई कांग्रेसले उम्मेदवार बनाएको छ भने उर्लाबारी – ९ नम्बरको अध्यक्षमा समिर तुम्बाहाम्फे,महिला सदस्यमा साबित्रा बस्नेत,दलित महिला सदस्यमा मनमाया दर्जी,सदस्यमा माधवप्रसाद सुबेदी र सदस्यमा रुद्र सुब्बा उम्मेदवार रहेका छन । नेपाली काँग्रेस नगर कार्यबाहक सभापति बाबुराम बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रिय समितिका सल्लाहकार तेजकुमार रिजालको स्वागत मन्तब्य राखेका थिए । उक्त घोषणा सभामा जिल्ला सदस्य प्रकाश खड्गी,नेपाल महिला केन्द्रिय सदस्य शोभा पाुलुङ्वा,महाधिवेशन प्रतिनिधि भीमलाल गहतराज लगायतको आतिथ्यता रहेको थियो । बाक्लो कार्यकताका उपस्थितीका बीच कार्यक्रमको सञ्चालन काँग्रेस उर्लाबारीका नगर सचिव विष्णु गुरागाईंले गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला