Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उम्मेदवार मनोनयन कार्य शान्तिपूर्ण–मानब अधिकार क्षेत्रीय कार्यालय बिराटनगर

2017 Jun 19 10:01 AM 27

विज्ञापन

Birat Cancer Hospital
उम्मेदवार मनोनयन कार्य शान्तिपूर्ण–मानब अधिकार क्षेत्रीय कार्यालय बिराटनगर
धु्रब कटुवाल

मोरङ । स्थानीय तहको निर्वाचनको लागी उम्मेद्वारी मनोनयनकार्य शान्तिपूर्णरुपमा सम्पन्न भएको राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य सुदीप पाठकले बताउनुभएको छ । मोरङ र सुनसरी जिल्लामा उम्मेदवारी मनोनयनको अनुगमनका क्रममा कुनैपनि बाधा अवरोध नआएको, सबैराजनैतिक दलहरु विच समन्वय, सदभाव कायम रहेको, एक दले अर्को दलको उम्मेद्वारी दर्ताको शिलशिलामा कुनै प्रकारको अवरोध नपुर्याएको, मनोनयदर्ता स्थलमा समेत सुरक्षा लगायत सबै प्रबन्ध चुस्त रहेको र सबै स्थानमा शान्तिपुर्ण तरिकाले मनोनयपत्र दर्ता भएको उहाँले बताउनुभएको छ । आयोगका मा. सदस्य श्री सुदीप पाठक सहितको उच्चस्तरीय टोलीले आजै क्षेत्रीय प्रशासक र क्षेत्रीय स्तरका सबै सुरक्षा निकायका प्रमूखहरु, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा अधिकारीहरुसँग छलफल गरेको थियो । छलफलका क्रममा आयोगका मा. सदस्य श्री सुदीप पाठकले नागरिकको भयरहित र सुरक्षितरुपमा मतदान गर्न पाउने मानव अधिकार तथा मौलिक अधिकारको रक्षा गर्नको लागी वातावरण सहज पार्नुपर्ने बताउनुभयो । उहाँले अहिले निर्वाचनलाई सहज वातावरण तयार गर्न आयोग आफ्नो तर्फबाट लागी परेको बताउदै निर्वाचनमा भाग लिने र नलिने पक्ष, राजनैतिक दल, नागरिक समाज, पत्रकारहरुसँग समेत सुरक्षा निकाय, निर्वाचन आयोगको कार्यालयले निरन्तर संवाद,समन्वय र सम्पर्क गरि अवस्था सामान्य अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका रहने बताउनुभयो । क्षेत्रीय सुरक्षा निकायको छलफलमा क्षेत्रीय प्रशासक श्रीराजेश्वरमानसिंह,पूर्विपृतनापति श्री प्रल्हाद थापा, प्रहरी नायब महारिक्षक श्री रमेश भट्टराई, शसस्त्र प्रहरी महानिरिक्षक श्री जानकीराज भट्टराई, राष्टिय अनुसन्धान क्षेत्रीय निर्देशक श्री लक्ष्मण गुरुङ्, राष्टिय मानव अधिकार आयोग अनुसन्धान महाशाखा प्रमूख श्री कोषराज न्यौपाने र राष्टिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, विराटनगरका निर्देशक श्री भंmकरबहादुर रावल सहभागि हुनुभएको थियो । कार्यक्रममा क्षेत्रीय प्रशासक श्री राजेश्वरमानसिंहले प्रदेश नंं. १ मा सुरक्षाको दृष्टिकोणबाट आम मतदातालाई कुनै खतरा नरहेको र भौतिक श्रोत साधनको कुनै कमी नरहेको बताएका थिए । त्यसै गरि सबै सुरक्षा निकायका प्रमूखले आआफ्नो तर्फबाट सबै खाले सुरक्षा प्रबन्ध मिलाएको जानकारी गराएका थिए । यस अघि जिल्लाका सबै तहका सुरक्षा अधिकारीहरुसँग आयोगको उच्चस्तरीय टोलीको छलफल भएको थियो । साथै प्रमूखनिर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरुसँग समेत आयोगको उच्चस्तरीय टोलीले छलफल गरेको थियो । स्मरणीय रहोस राष्टिय मानव अधिकार आयोग र निर्वाचन आयोग विच निर्वाचनको अनुगमन र सुचना आदान प्रादान गर्ने बिषयमा समझदारीपत्रमा समेत हस्ताक्षर भई दुवै आयोगविच स्थानीय निर्वाचनमा आम मतदाताको अधिकार सुरक्षित गर्न सहकार्यहरु समेत भईरहेको छ । राष्टिय मानव अधिकार आयोगका मा. सदस्य श्री सुदीप पाठकको नेतृत्वममा रहेको टोली निर्वाचन अवधीसम्म प्रदेश नं. १ मा रहने जनाएको छ । त्यसै गरि स्थानीय निर्वाचन अवधीको अनुगमन गर्न आयोगको टोली विभिन्न जिल्लाहरु खटिसकेको आयोगका क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक श्री भंmकरबहादुर रावलले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो