Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘राजनीति भन्दा माथि उठेर काम गरौं ’– काग्रेस उम्मेदवार फागो

2017 Jun 23 5:14 PM 39

विज्ञापन

Biratkhavar
‘राजनीति भन्दा माथि उठेर काम गरौं ’– काग्रेस उम्मेदवार फागो

उर्लाबारी । नेपाली कांग्रेसबाट उर्लाबारीको मेयर पदका उम्मेद्वार खड्ग फागोले राजनीतिक स्वार्थभन्दा माथि उठेर नगरको विकासका लागि सक्षम व्यक्तिलाई स्थानीयतह निर्वाचनमा मतदान गर्नुपर्ने बताउनु भएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनैपनि गढ भत्काउनका लागि नभई विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । उहाँले उर्लाबारीमा कांग्रेसका उम्मेद्वारहरुको साझा अभियान भनेको यहाँका समस्याहरुलाई निराकरण गर्दै जनतालाई राहतको अनुभूति गराउने रहेको बताउनु भयो । बुधबार उर्लाबारी–३ स्थित थापा चौकमा आयोजित कोणसभामा बोल्दै उहाँले कांग्रेसलाई अनेक आरोप लगाएर भोट पाउने दिवास्वप्न नदेख्न विपक्षी पार्टीलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘हामी उर्लाबारीको विकास र समृद्धिका लागि लडेका छौं । सक्नुहुन्छ तपाईहरु (अन्य पार्टीहरु) पनि समृद्धिका एजेण्डा लिएर जनतामाझ जानुहोस् ।’सबै पार्टीका कार्यकर्ताहरु पार्टीको नभई उर्लाबारीको चिन्तामा रहेको बताउँदै उहाँले उनीहरु विकास र समृद्धिका लागि योग्य, सक्षम उम्मेद्वार रोज्ने तरखरमा रहेको समेत बताउनुभयो । उहाँले असार १४ गते उर्लाबारीको भविष्य निर्धारण हुने भएकाले मतदानमा जानु अघि आफ्ना सन्ततिको टाउकोमा हात राखेर सक्षम उम्मेद्वारलाई भोट हाल्ने संकल्प गर्न अनुुरोध गर्नुभयो । उहाँले भन्नुभयो ‘दल होइन, काम गर्न सक्ने उम्मेद्वार चुनौं, अनिमात्र हामी र हाम्रो सन्ततिको उज्वल भविष्य रहने छ ।’यस्तै, उपमेयरकी उम्मेद्वार सीता कार्कीले समस्यामा गुज्रिरहेको उर्लाबारीको समग्र विकासका लागि नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको बताउनुभयो । उहाँले महिला तथा बालबालिकाको हक अधिकारका लागि आफ्नो पहल कदमी हुने बताउनुभयो । केन्द्रसम्म पहुँच स्थापित भएकोले आफूहरुले उर्लाबारीको हर किसिमका विकासका लागि योगदान गर्न सक्ने बताउनुभयो । महिला हिंसामैत्री, बालमैत्री नगर बनाउन अहोरात्र खटिने विचार उहाँले राख्नुभयो । यस्तै, वडा नं. ७ मा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेद्वार वीरबल थापाले आफूले विकास निर्माणका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र वडाध्यक्ष भएपछि पनि विकासका कार्यलाई तीब्रता दिने बताउनुभयो । समग्र वडा तथा नगरको विकासका लागि रूख चिन्हमा मतदान गरी नेपाली कांग्रेसका उम्मेद्वारलाई विजयी गराउन उहाँले सबैमा आग्रह गर्नुभयो ।

कांग्रेसले बुधबार उर्लाबारी–३ को थापाचौक, मंगलबारे, चन्दने, नयाँमंगलबारे, उर्लाबारी–४ को स्कूलडाँडा, विशाल टोल, उर्लाबारी–७ को बरगाछी र उर्लाबारी–९ को दुर्गापुरीमा कोणसभा गरेको थियो । उर्लाबारी–७ को कार्यक्रममा स्थानीय ३६ जना नेपाली कांग्रेसमा आवद्ध भएका छन् । अमीर तामाङ र गजेन्द्र तामाङको पहलमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुले नेपाली कांग्रेसका उम्मेद्वारहरुले स्थानीय समस्या निराकरणका लागि प्रतिबद्ध रहँदै समाज रुपान्तरणका विभिन्न अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले उर्लाबारी समृद्ध नगर निर्माणका लागि कांग्रेसमात्रै उपयुक्त पार्टी भएको बताएका थिए । स्थानीय ज्येष्ठ नागरिक डम्बरबहादुर योञ्जनको सभापतित्वमा भएको कार्यक्रममा महिला वडा सदस्य पदकी उम्मेद्वार शोभितमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने गजेन्द्र तामाङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो ।

 

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु