Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
समाचार

बि.पि. स्मृतिमा कबिता वाचन

Jul 22, 2017 6:06 AM
बि.पि. स्मृतिमा कबिता वाचन

विराटनगर । मोरङका श्रष्टाहरूले आफ्ना सिर्जना मार्फत नेपाली राजनीतिका युग पुरूष एवम् साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गरेका छन् । विश्वेश्वर प्रसाद कोइरालाको ३५ औं स्मृति दिवसका अवसरमा नेपाली लेखक संघ मोरङले आज विराटनगरको कोइराला निवासमा आयोजना गरेको “विचार विमर्श एवम् काव्यसन्ध्या” कार्यक्रममा उपस्थित श्रष्टाहरूले आफ्ना सिर्जना मार्फत कोइरालाको योगदानको चर्चा गरेका छन् । श्रष्टाहरूले कविता, गीत, गजलका माध्यमबाट विश्वेश्वर प्रसाद कोइरालाले राजनीति र साहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । संघका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले गर्नु भएको थियो ।

Dhoni Sabuun