Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
समाचार

विराट मेडिकल कलेजमा निःशुल्क थाइराईड सेवा

Jul 27, 2017 7:06 AM
विराट मेडिकल कलेजमा निःशुल्क थाइराईड सेवा
अजित चापागाई विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल टंकीसिनवारी मोरङले निःशुल्क थाइराईड सेवा सन्चालनमा ल्याएको छ । विराट मेडिकल कलेजले विपन्न बर्गका ग्रामिण जनताहरुलाई स्वास्थ्यमा पह“ुच पु¥याउनका लागि निःशुल्क मधुमेह तथा थाईराईड सेवा शुरु गरेको मार्केटिङ तथा रिलेशनसिप प्रमुख कृष्ण कंडेलले बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय, गरीब जनता, दलित तथा अस्पतालसम्म पुग्न नसक्ने बिरामीहरुलाई लक्षित गरी यो अभियान चालिएको मार्केटिङ प्रमुख कंडेलले जानकारी दिनु भयो । उहा“ले भन्नु भयो– अहिले पूर्वी नेपालमा मधुमेहको समस्याले सबै जनता ग्रस्त छन् यसै गरी थाइराईडको समस्याले पुरुष र महिलालाई नै जटिल रोग बन्दै गएको छ । थाइराईडले त झन थाहा नभई शरिर भित्र भित्र रोग बढ्दै गएको जाने हुनाले यो अभियान चलाउदा जनताले राहत महसुस गर्छन् र रोगबाट छुटकरा पाउनका लागि यस्ता सामाजिक काम चलाएको मार्केटिङ प्रमुखले बताउनु भयो । थाइराईड शरिर भित्र भित्रै फैलिदै जाने एक प्रकारको स्लो रोग हो । कसैलाई यो रोग लागे पछि शरिर असाध्यै ठुलो मोटाए जस्तै हुने गर्दछ भने कसैलाई शरिर नै सुकाउदै लान्छ र दवाईले काम गर्न छोड्छ तसर्थ यसलाई समयमा नै उपचार गर्न सके अन्य रोगबाट बच्न सकिने भएको हुदां बिराट मेडिकल कलेजले निःशुल्क ओ.पि.डी. लगायत ल्याबमा समेत छुट दिदै आइरहेको जानकारी मार्केटिङ प्रमुख कंडेलले जानकारी दिनु भयो । यस्तै बिराट मेडिकल कलेजले टंकीशिनवारीका बिभिन्न क्षेत्रमा शिविर सन्चालन गर्दै आएको छ । यसै हप्तामा ३ वटा गरीसकेको छ । जसबाट स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष लाभान्वित भएका छन् । मेडिकल कलेजले गर्भवती जांच तथा आमा सुरुक्षा कार्यक्रम, निःशुल्क प्रसुति सेवा, खोप कार्यक्रम, ब्लड बैक लगायत कार्यक्रम थप सहित अन्य सेवा र सुबिधा बिरामीहरुलाई दिइरहेको छ । साथै पुर्वाञ्चलमा नै पहिलो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एम. सि. एच. गरेर आउनु भएका डा. दिपक कुमार ठाकुरले मृगौलिया सम्बन्धि सम्पुर्ण शल्यक्रिया तथा अन्य सेवा सुचारु समेत गरेको मार्केटिङ प्रमुख कंडेलले बताउनु भयो ।
Dhoni Sabuun