Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बनाउन थालेको चौध महिनामा पनि बनेन

2017 Aug 7 9:25 AM 37

विज्ञापन

Birat Cancer Hospital
विराटनगर÷वैद्यनाथपुर स्थित सुटिङ्गको कभर्ड हल बनाउन थालेको १४ महिना बितिसक्दा पनि बनिसकेको छैन् । सातौं राष्ट्रिय खेलकुदका लागि २०७३ साल जेठदेखि कभर्ड हल बनाउन शुरू गरिएको थियो । ठेक्का प्रणालीबाट काम गराउँदा ढिला काम हुने भन्दै छिटो काम सक्न राष्ट्रिय खेलकुद परिषदले उपभोक्ता समिती मार्फत कभर्ड हल बनाउन थालेको थियो । उपभोक्ता समितीको ढिलासुस्तीका कारण समयमा काम नसकिँदा त्रिपाल टाँगेर सुटिङ्गको राष्ट्रिय प्रतियोगिता गरिएको थियो । खेल अधिकारीहरूले राष्ट्रिय खेलकुद प्रतियोगिता सकिनासाथ कभर्ड हल बनाउने बताएका थिए । तर प्रतियोगिता सम्पन्न भएको सात महिना बितिसक्दा पनि कभर्ड हल बनिसकेको छैन् । कभर्ड हलमा छानो नहल्दा वर्षातको पानिले कभर्ड हल जिर्ण बनाएको छ । वर्षातको पानिले छाना छाउन बनाएको ट्रष्टमा खिया लागेको छ भने ढलाई गरेको भुईं भत्किएर झार उम्रिएको छ । भवन निर्माण सम्पन्न नगरी अधुरो बनाएर छोड्दा भवन कम टिकाउ हुने इञ्जिनियर कृष्णहरी पोखरेल बताउनुहुन्छ । समयमा काम नसकेका कारण कभर्ड हल बनाइसक्न र भत्किएका संरचना बनाउन थप खर्चिनुपर्ने अबस्था आएको छ । खेल अधिकारीहरूको लापरबाहीका कारण समयमा कभर्ड हल निर्माण हुन नसकेको खेलाडीहरूको भनाई छ । ५८ लाख रूपैयाँको लागतमा बन्ने यो कभर्ड हलमा ५२ लाख रूपैयाँ भन्दा बढी खर्च भइसकेको जिल्ला खेलकुद विकास समिती मोरङले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?