Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भासियो–भासीएको पुल सम्वन्धमा छानविन शुरु

Sep 4, 2017 12:51 PM
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भासियो–भासीएको पुल सम्वन्धमा छानविन शुरु
लक्ष्मण ढुंगाना बर्दिया । गुलरिया–मगरगाडी हुँदै पुर्व पश्चिम राजमार्ग जोडने बबई नदीमा अवस्थित जब्दीघाट पुल निर्माण सम्पन्न भएको बर्ष्दिन भित्रै भासिएपछि सडक विभागले छानविनको काम शुरु गरेको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र सो योजना हेर्ने ईन्जीनीयरको बदमासीका कारण गुणस्तरहिन काम गरेको भन्दै सगरमाथा टेलिभिजन लगायत संचारमाध्यममा समाचार प्रशारण भएपछि सडक विभागले समिति गठन गरी टोली पठाएर कारणबारे छानविनको कार्य अगाडी बढाएको हो । पुल भासिएको सम्वन्धमा अनुसन्धानका लागि बुधवार विभागवाट आएको छानविन टोलिले सम्वन्धित पुल निर्माण भएको स्थलमा पुगेर अनुसन्धान थालेको छानविन समितिका संयोजक क्षेत्रीय सडक निर्देशनालयका क्षेत्रीय निर्देशक अयोध्या प्रसाद श्रेष्ठले बताउनु भयो । समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन आगामी साता सडक विभाग समक्ष वुझाउने छ । अध्ययनको प्रतिवेदन अनुसार पुलको डिजाइन र निर्माणको गुणस्तरबारे आवश्यक कारबाही अघि बढ्ने सम्बद्ध स्रोतले बतायो । यसै क्रममा गलत डीजाईनका कारण पुल भासीयो र जनताले दुःख पाए यो नियती राम्रो भएन अब यस्तो हुन दिनु हुदैन तसर्थ हामी निर्माण ब्यबसायीहरुको इजजयत माथि दाग लागेको कुरा नेपाल निर्माण व्यवसायी महासंघले बिज्ञप्ती निकाललेको छ । तर घुमाउरो पारामा आफना ब्यबसायीहरुको कमी कमजोर भए पनि बचाउन गरिएको समेत उल्लेख छ । यसैविच नेपाल निर्माण व्यवसायी महासंघले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको बचाउ गर्दे सडक विभागको गलत डीजाईनका कारण जब्दीघाट पुल भासिएको जनाएको छ । महासंघले बुधवार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण कम्पनिको कुनै दोष नरहेको भन्दै पुल भाँचिनुमा डिभिजन सडक कार्यालयले दिएको डिजाइनमा कमजोरी भएको दाबी गरेको हो ।
Dhoni Sabuun